ओली र पोखरेल मेरा लागि बराबरी हुन् : गोकुल बाँस्कोटा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

15
Share
Featured
  • गोकुल बाँस्कोटाले आफू अध्यक्ष केपी शर्मा ओलीसँग पर नभएको स्पष्ट गर्दै एमालेको राजनीतिक यात्रामा दुवै एउटै डुङ्गामा रहेको बताए।
  • ०४३ सालदेखि पार्टीमा सक्रिय रहेको स्मरण गर्दै उनले एमालेका सबै नेता आफूका लागि बराबर रहेको र कसैको अनुचित लाभ नलिने बताए।
  • महाधिवेशनबाट एमाले विधि र प्रक्रियामार्फत अझ सशक्त र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफू पर नभएको स्पष्ट पार्दै एमाले थप बलियो बनेर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनको बन्दसत्र स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओलीसँग आफ्नो राजनीतिक यात्रा एउटै रहेको बताएका हुन् ।

उनले भने, ‘केपी शर्मा ओलीबाट पर भएको भए म यहाँ किन हुन्थे र ? म यही महाधिवेशनमा छु, उहाँको र मेरो डुङगा एउटै छ । उहाँ डुब्दा म पनि डुब्छु र म डुब्दा उहाँलाई पनि असर पुग्छ ।’

चिनजानको प्रसङ्ग उठाउँदै उनले ०४३ सालमै ईश्वर पोख्रेलसँग भेट भएको स्मरण गरे । आफू भूमिगत अवस्थाकै कार्यकर्ता भएको उल्लेख गर्दै उनले एमालेका सबै नेता आफ्ना लागि बराबर रहेको बताए ।

‘चिनजानकै कुरा गर्नुहुन्छ भने ०४३ सालमा ईश्वर पोख्रेल भेटेको मान्छे हो नि म,’ उनले थप भने, ‘एमालेका नेता मेरा लागि सबै उस्तै हुन्, बराबर हुन् । म भूमिगत बेलाकै कार्यकर्ता पनि हुँ । त्यसैले मैले कोही नेतालाई सिरानी हालेर अनुचित लाभ उठाएर हिड्नुपर्ने छैन् ।

उनका अनुसार एमाले पार्टी विधि र प्रक्रियामै अघि बढ्ने परम्परा रहेको छ । ‘महाधिवेशन न पहिलो हो न अन्तिम,’ उनले भने, ‘विधि र प्रक्रिया सधैं रहने विषय हुन् ।’

उनले महाधिवेशनबाट एमाले अझ सशक्त र एकताबद्ध भएर बाहिरिनुपर्नेमा जोड दिए ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)गोकुलप्रसाद बास्कोटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...