सुशासन र परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टी जन्मियो अध्यक्ष पोर्तेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

21
Share
Featured
  • राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले सुशासनको अभाव र भ्रष्टाचारकै कारण नयाँ पार्टी खोल्नुपरेको बताए।
  • उनले जेनजी आन्दोलन दमन गरिएको, असली जेनजीहरू ओझेलमा परेको र सरकार असक्षम भएको आरोप लगाए।
  • जेनजी युवा, घाइते र शहीद परिवारको सहभागितामा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषणा गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवाहरु मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् ।

शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टहरुलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले असली जेनजीहरु ओझेलमा परेको र नक्कली जेनजीहरु हावी भएको आरोप लगाए ।

आफू सक्कली घाईते तथा जेनजी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायराम ल्याउन वर्तमान सरकार असक्षम रहेको आरोप लगाए ।

सो अवसरमा जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले वर्तमान सरकारले जेनजीको भावना विपरितका गतिविधिहरुलाई बढावा दिएको आरोप लगाए । उनले सुशीला कार्की नेतृत्वको सरकारले काम गर्न नसके राजीनामा दिन सुझाव दिए । त्यस्तै जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिए ।

ठूलो संख्यामा स्थानीय र जेनजी युवाहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उनले भने,‘देशको मायाले सानै उमेरमा म राजनीतिमा होमिन बाध्य भए ।’ देशलाई दुरदर्शी नेताको खाँचो रहेको बताउँदै उनले भ्रष्टाचारका कारण आज देश थिलोथिलो भएको बताए । तर अब राष्ट्रिय परिवर्तन पार्टीको उदयसँगै यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने दाबी गरे ।

जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।

जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...