लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

27
Share
Featured
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए सबै लोकतान्त्रिक दलहरू एकसाथ उभिने बताए।
  • उनले भदौ २४ को घटनालाई सामान्य युवाहरूको आक्रोस मात्र नभई त्यसबाट शिक्षा लिन आवश्यक रहेको बताए।
  • खड्काले लोकतन्त्रको रक्षा र शासन व्यवस्थामा जनताको संगठित शक्ति राजनीतिक दलहरूले प्रतिनिधित्व गर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली काङ्ग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरु सबै एक ठाँउमा उभिएने बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली काङ्ग्रेससँगको समय समयको सहयात्री दल पनि रहेको भन्दै नेपालको लोकतन्त्रमा समस्या आए अझै मिलेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘नेकपा एमाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी दल मात्र नभएर नेपाली काङ्ग्रेससँगको समय समयको सहयात्री दल पनि रहदैँ आएको कुरा स्मरण गर्न चाहन्छु । जब नेपालको लोकतन्त्रमाथि कालो बादल लाग्न थाल्छ तत्कालै नेपाली काङ्ग्रेस नेकपा एमाले र अन्य लोकतान्त्रिक राजनीतिक दलहरु सबै एक ठाँउमा उभिएर सबै परिस्थितीको प्रतिवाद गर्ने गरेको इतिहास सबैलाई थाहा नै छ ।’

यस्तै, उनले भदौ २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुने भन्दै यसबाट सबैले शिक्षा लिनु पर्ने बताए ।

उनले भने, ‘भदौ २४ गतेपछि मुलुकको राजनीति अनिश्चितताको भूमरीमा फसेको देखिन्छ । गत भदौ २३ गते २८ वर्ष मुनिका जेनजी युवा समूहका युवा पुस्ताले भ्रष्टाचारको अन्त्य, सुशासन स्थापनालगायतका माग राखेर शान्तिपूर्ण तरिकाले गरिने भनेको सडक प्रदर्शन अकल्पनीय रुपमा हिंसात्मक बन्न पुगेको थियो भने २४ गते भएको घटनालाई सामान्य युवाहरुको आक्रोसको परिणाम मात्र भन्न पुग्यौ भने त्यो ठूलो गल्ती हुन्छ । त्यो घटनाबाट सबैले शिक्षा लिनुपर्छ ।’

विभिन्न विचार र सिद्धान्तका आधारमा संगठित राजनीतिक दलहरु मध्य जनताले रोजेको दलले मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने प्रणाली देशको मान्यताको प्रणाली भएको भन्दै बहुदलिय संसदीय शासन व्यवस्थामा जनताको संगठित शक्ति भनेकै राजनीतिक दलहरु भएको उनको भनाई छ ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)भक्तपुर
पूर्ण बहादुर खड्का4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...