रामकुमारी झाँक्रीले भनिन् : एक पटक ओलीलाई नै विश्वास गरौं

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

27
Share
Featured
  • रामकुमारी झाँक्रीले एमालेको ११औँ महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भनेकी छन्।
  • उनले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने र केपी शर्मा ओलीलाई विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताए।
  • झाँक्रीले महाधिवेशनले नेपाली समाजमा आशा, उत्साह र जनताको विश्वास पुनर्जीवित गरेको उल्लेख गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ राम कुमारी झाँक्रीले एमालेको ११ औं महाधिवेशनलाई पार्टी मात्र नभई नेपालको लोकतान्त्रिक शक्ति र जनताको उत्सव भएको बताएकी छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले यो महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन् ।

झाँक्रीले महाधिवेशनले युवाहरूलाई नेतृत्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भनिन्, ‘यो महाधिवेशनले बहुसंख्यक युवाहरुलाई पार्टीमा नेतृत्वतर्फ ल्याउने पहल विधिबाट हुनेछ । वर्तमान नेपाली समाजमा नेतृत्वको हिसाबले आशा र विश्वास दिने नेताको रूपमा नेकपा एमालेको नेतृत्वमा कमरेड केपी शर्मा ओली नै छन् । उहाँलाई एकपटक विश्वास गरौँ ।’

उनले नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढिरहेको बताइन् । ‘यो महाधिवेशनले सबैमा आशा, उत्साह र जीवनको सम्पूर्ण विश्वासलाई पुनर्जीवित गरेको छ । नेपाली समाजमा भर्खरै भएका घटनालाई नयाँ ढंगले पार्टीले जनताको विश्वास उठाउँदै अघि बढाइरहेको छ । यसै कारण महाधिवेशन राष्ट्रिय महोत्सव हो ।’

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीराम कुमारी झाँक्रीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...