एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

22
Share
Featured
  • नेकपा (एमाले)का नेता ठाकुर प्रसाद गैरेले पार्टीको आन्तरिक लोकतन्त्रीकरण, पुस्तान्तरण र समावेशिता आसन्न महाधिवेशनको मुख्य एजेन्डा हुने बताए।
  • महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची रहनेछ, साथै महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र र ४० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने छलफल अघि बढेको छ।
  • पार्टीभित्रको सदस्यता नवीकरण–खारेजी विवाद, भ्रष्टाचारविरोधी अभियान, सुशासन, रोजगार र आर्थिक रूपान्तरण जस्ता विषयमा स्पष्ट जवाफ र संगठनात्मक रूपान्तरणको दिशा तय हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा महाधिवेशन प्रतिनिधि ठाकुर प्रसाद गैरेले आसन्न महाधिवेशनको मूल एजेन्डा पार्टीको आन्तरिक लोकतन्त्रीकरण, पुस्तान्तरण र समावेशिता हुने बताएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले महाधिवेशनलाई संगठन सुधार र नेतृत्व पुनर्संरचनाको निर्णायक अवसरका रूपमा व्याख्या गरे । उनका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र सुरु हुनेछ । बन्द–सत्रमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची हुने जानकारी उनले दिए ।

गैरेले पार्टीभित्र पुस्तागत जाम हटाउनुपर्ने आवश्यकता दोहोर्याउँदै भने, ‘पूरानो पुस्ताले सम्मानित भूमिकामा बस्ने र दोस्रो–तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ ।’ उनका अनुसार पार्टीमा महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र तथा ४० वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व अब वैधानिक रूपमा लागू गर्ने दिशामा छलफल अघि बढेको छ ।

‎यतिबेला देशमा भ्रष्टाचारविरोधी अभियान कमजोर हुन पुगेको उल्लेख गर्दै उनले सुशासन, रोजगार, उत्पादन वृद्धि र आर्थिक रूपान्तरणका प्रश्नहरूलाई महाधिवेशनले प्रमुख एजेन्डा बनाउनुपर्ने बताए ।

‎सरकारले चुनावको लागि आवश्यक शान्ति–सुरक्षा, निष्पक्ष वातावरण र विश्वसनीयता कायम गर्न नसकेको आरोप उनले लगाए । ‘यस अवस्थाका कारण फागुन २१ मा चुनाव सम्भव देखिँदैन,’ उनले टिप्पणी गरे।

गैरेले पार्टीभित्र उठेको सदस्यता नवीकरण–खारेजी सम्बन्धी विवादले पनि महाधिवेशनमा स्पष्ट जवाफ खोज्ने बताए । उनका अनुसार महाधिवेशनले एमालेको संगठनात्मक रूपान्तरण, आन्तरिक एकता र नेतृत्वगत सहमतिको नयाँ अध्याय तय गर्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...