नेतामुखी होइन, कार्यकर्तामुखी नेतृत्व चयन आवश्यक छ : पाण्डे

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

17
Share
Featured
  • नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकास र कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियाको आवश्यकता औंल्याए।
  • उनले नेतामुखी संस्कृतिको विरोध गर्दै कार्यकर्ताले आफ्नै फिल्डका नेता मूल्यांकन गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए।
  • पार्टीमा नेतृत्व दोहोरो नदोहोरिने प्रावधान अनिवार्य गर्नुपर्ने माग गर्दै दुई पटकभन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नबस्ने व्यवस्था विधानमा सुनिश्चित गर्न आवश्यक ठाने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्र लोकतान्त्रिक नेतृत्व विकासको आवश्यकतामा जोड दिएका छन् । नेकपा एमालेको ११ औँ महाधिवेशनको सन्दर्भमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कार्यकर्तामुखी नेतृत्व चयन प्रक्रियालाई संस्थागत गर्नुपर्ने धारणा राखे ।

कार्यकर्ताको ठाउँमा नेतामुखी संस्कृतिले जरो गाडिरहेको उल्लेख गर्दै पाण्डेले भने, ‘कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी हुर्कायौँ । हामी यसको विपक्षमा छौँ ।’

उनले कार्यकर्ताले आफ्नै फिल्डका नेता पहिचान गरी मूल्यांकनका आधारमा नेतृत्व चयन गर्ने पद्धति विकास गर्नुपर्नेमा बल दिए । पाण्डेका अनुसार यस्तो परिपाटी स्थापित हुँदै गयो भने पार्टीलाई कसैले कमजोर बनाउन नसक्ने र महाधिवेशनको यही ‘लडाइँ’मा एमाले सफल हुने विश्वास उनले व्यक्त गरे ।

साथै, उनले पार्टीभित्र नेतृत्व दोहोरो नदोहोरिने प्रावधान अनिवार्य गर्नुपर्ने माग पनि दोहोर्याए । ‘हामी यो पार्टीलाई लोकतान्त्रिक बाटोबाट हिँडाउन चाहन्छौं । यसको लागि दुई पटकभन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था विधानमै गर्नुपर्छ । यसको लडाइँ हामी गरिरहेका छौँ,’ पाण्डेले भने ।

यो समाचारमा

सुरेन्द्र पाण्डेकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदै सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराए

    Data is loading...

    Loading brands...

    Loading footer...