विश्वविद्यालय र आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयनका लागि परिपत्र

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

13
Share
Featured
  • विभिन्न सात विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ देखि आफ्ना आङ्गिक क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित गर्न प्रक्रिया अघि बढाएका छन्।
  • विश्वविद्यालयको नियमअनुसार कुल स्वीकृत सिटको १० प्रतिशत जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याइनेछ र सम्बन्धित कार्यविधिअनुसार विद्यार्थी छनोट गरिनेछ।
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो व्यवस्थाले शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय प्रवर्द्धन गर्ने बताउँदै छात्रवृत्ति व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
  • समाचार सारांशGenerated using AI.

    काठमाडौं । स्विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ ।

    विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन् । त्रिभुवन विश्वविद्यालय,पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी आफ्ना आङ्गिक क्याम्पसहरूमा छात्रवृत्तिको सुनिश्चितताका लागि पत्राचार गरिएको उल्लेख गरिएको छ ।

    विश्वविद्यालयको परिपत्रअनुसार सम्बन्धित क्याम्पसहरूले शैक्षित्रसत्र २०८३/८४ का लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रममा विद्यार्थी भर्ना लिँदा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमबारे अवगत गराइएको छ ।

    विश्वविद्यालयको नियमअनुसार कुल स्वीकृत सिट संख्याको १० प्रतिशत जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अनिवार्य रूपमा खाली राख्नुपर्ने व्यवस्था छ । उक्त १० प्रतिशत सिटमा विश्वविद्यालयको सम्बन्धनप्राप्त क्याम्पसरकलेजको छात्रवृत्तिसम्बन्धी कार्यविधिको व्यवस्थाअनुसार विद्यार्थी छनोट गरी भर्ना गरिने जनाइएको छ ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासँगै शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा यो अर्को महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

    विश्वविद्यालयबाट छात्रवृत्ति सुनिश्चित छात्रवृत्तिबारे मन्त्री पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू गरिएको छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनको अनुभवका आधारमा विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गर्दै अघि बढेको उल्लेख गरे ।

    यसअघि गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमबमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुनबमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरूलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको थियो ।

    मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अद्यावधिक गरेरनगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो ।

    यो समाचारमा

    काठमाडौँ महानगरपालिकात्रिभुवन विश्वविद्यालय

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

      काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

      Data is loading...

      Loading brands...

      Loading footer...