कोशी, मेची र कान्ति राजपथसहितका सडक अवरुद्ध, पहिरो पन्छाउने प्रयास जारी

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

4
Share
Featured
    1. देशका विभिन्न क्षेत्रमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले मंगलबार मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन्।
    2. तीमध्ये तीन सडक पूर्ण रूपमा अवरुद्ध छन् भने १८ वटा सडक एकतर्फी सञ्चालनमा रहेका छन्, र अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ।
    3. जल तथा मौसम विज्ञान विभागले आज पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 
  • समाचार सारांशGenerated using AI.

    काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट मंगलबार मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् ।

     त्यसमध्ये तीन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको सडक विभागको तथ्यांकमा उल्लेखछ । विभागका अनुसार पहिरोका कारण कोशी रोजमार्ग,कान्तिराजपथ, मेचीराजमार्ग र बुर्तीबाङ-ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ ।

    विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पहिरोकाकारण सडक अवरूद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अउनाउन अनुरोध गरेको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      अदालतमा विचाराधीन मुद्दामा तथ्यबिना बोल्नु गैरजिम्मेवारपूर्ण: खुश्बु ओली

      काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयहरूमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छिन्। मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा गरिने छलफलले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत गराइन्।ओलीले प्राप्त तथ्य

      Data is loading...

      Loading brands...

      Loading footer...