अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

18
Share
Featured
  • एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनका लागि नीतिगत व्यवस्था र नियमावली परिमार्जनबारे छलफल गरे।
  • अर्थमन्त्री खनालले उठाइएका सबै विषय समाधानमा सरकार सकारात्मक रहेको र धितोपत्र बोर्डका नियमावली छिटो परिमार्जन गर्ने प्रतिवद्धता जनाए।
  • एनआरएनएले १० अर्ब बराबरको फन्ड स्थापना गर्दै पूर्वाधार क्षेत्रमा लगानी, आईपीओमा ८५% सहभागिता सुनिश्चितता र प्रक्रियामा ‘नीतिगत ब्रेकथ्रु’ गर्न माग राख्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनालसँग एनआरएन नेपाल डेभलपमेन्ट फण्ड सञ्चालनका विषयमा छलफल गरेका छन् ।

सिंहदरवारमा संस्थापक र पूर्वअध्यक्षसहित पुगेको श्रेष्ठ नेतृत्वको टोलीले ‘एनआरएनए डेभलपमेन्ट फन्ड’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुमति तथा विद्यमान नियमावलीका परिमार्जनबारे अर्थमन्त्री खनालको ध्यानकर्षण गराएको हुन् ।

जवाफमा अर्थमन्त्री खनालले एनआरएनएले उठाएका सबै विषयहरू समाधानका लागि वर्तमान सरकार सकारात्मक भएको बताए ।

बैठकमा मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावलीहरू छिटो परिमार्जन गरी फन्ड सञ्चालनमा रहेका अवरोध हटाउने प्रतिवद्धता जनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले विश्वभर रहेका नेपालीहरू नेपालमा लगानी गर्न अत्यन्त उत्सुक रहेको बताउँदै आईपीओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरे । उनले भने ‘आगामी दिनमा प्रवासी समुदाय नेपाल डेभलपमेन्ट फन्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्न हामी तयार छौं ।’

सो अवसरमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फन्ड संचालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गरे । यस्तै पूर्व अध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत ‘ब्रेकथ्रु’ गरिदिन आग्रह गरे ।

प्रतिनिधि मण्डलमा अध्यक्ष श्रेष्ठसहित संस्थापक अध्यक्ष महतो, पूर्व अध्यक्षद्वय पन्त र बिनोद कुवर, क्यानाडाका अध्यक्ष ध्रुव भट्टराई, एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईलगायत सहभागी थिए ।

नेपाल सरकारसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँको कोष स्थापना गर्न लागिएको छ । उक्त एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

यो समाचारमा

काठमाडौँसिंहदरवाररामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...