सरकार र जेनजीप्रतिनिधिबीचको सम्झौता अनुमोदन

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

11
Share
Featured

काठमाडौँ

सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भएको सम्झौता अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् ।

उनले भने,‘जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबीच मिति २०८२ साल मंसिर २४ गते भएको सम्झौता अनुमोदन गरी नेपाली राजपत्रमा प्रकाशित गर्ने र उक्त सम्झौता संवद्ध मन्त्रालयले उच्च प्राथमिकताकासाथ कार्यान्वयन गर्ने निर्णय भएको छ ।’

त्यस्तै उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...