मिडिया ट्रायल बढेको ओलीको गुनासो : ‘हेडलाइनका लागि कुकुरको खुट्टा टोक्दैन एमाले’

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

18
Share
Featured
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी लोकतान्त्रिक र आन्तरिक प्रक्रियामा पारदर्शी भएको र बाहिर फैलाइएका गलत धारणा खण्डन गरे।
  • उनले महाधिवेशनलाई फेरबदल र सुधारका लागि आवश्यक रहेको भन्दै पार्टी राष्ट्रहित, सुशासन र विकासमा प्रतिबद्ध रहेको बताए।
  • ओलीले वर्तमान सत्ता प्रणालीलाई फेद्–न–टुप्पो भन्दै तालमेल कमजोर रहेको आरोप लगाउँदै, मिडियामा अनावश्यक विवाद सिर्जना नगर्ने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पार्टीको लोकतान्त्रिक चरित्र, आन्तरिक प्रक्रिया तथा राष्ट्रिय राजनीति सम्बन्धी आफ्नो धारणा राखेका छन् । बिहीबार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले एमालेप्रति बाहिर विशेषगरी विपक्षी पक्षले गलत धारणा निर्माण गरेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । एमालेको सम्बन्धमा नेपालमा एउटा आम नीति बनेको छ करौतिजस्तो; यता तान्दा पनि काट्छ, पछाडि धकेल्दा पनि काट्छ, अगाडि तान्दा पनि काट्छ । हामी दबावयुक्त सहमति होइन, दबावबिनाको स्वच्छ सहमतिको पक्षमा छौँ । पार्टीको महाधिवेशन यथास्थितिका लागि होइन, फेरबदलका लागि हो ।’

ओलीले राष्ट्रहित, सुशासन र विकासका एजेन्डामा एमाले स्पष्ट रहेको बताए । उनले भने, ‘हामी यो देशको रक्षा, राष्ट्रिय हित, सुशासन र विकासको लागि, लोकतन्त्र र त्यसलाई आवश्यक प्रणाली अन्तर्गत लैजानुपर्छ भनेर मान्छौँ । त्यसमा नेतृत्व र अनुशासनको कुरा स्वाभाविक रूपमा उठ्छ । हामीले धेरै राजनीतिक उतारचढाव देखेका छौँ ।’

वर्तमान सत्ता–व्यवस्थालाई फेद् न टुप्पोको भन्दै उनले तालमेल कमजोर रहेको आरोप लगाए । उनले मिडिया ट्रायल प्रचलन बढेको भन्दै एमाले अनावश्यक विवाद सिर्जना गरेर प्रचार केन्द्र बन्न नचाहने बताए ।

ओलीले भने, ‘जताततै मिडिया ट्रायल हुने गरेको छ । यस्तोबेला नेकपा एमाले सफलताका साथ र प्रतिबद्धताका साथ अगाडि बढ्नु हेडलाइन नहुनपनि सक्छ । तर एमालेले हेडलाइन बनाईदिनका लागि कुनै कुकुरको खुट्टा टोक्न जानेवाला छैन । हामीले राजनीतिक धेरै उतारचढावहरु देखेका छौँ । अब यो फेद् न टुप्पोको सरकारको तालमाल पनि देखिरहेका छौँ ।’

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...