काठमाडौँ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड जोन ट्रम्पले युक्रेनले चुनावबाट बच्न युद्धको बहाना बनाइरहेको आरोप लगाएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश चुनावका लागि तयार रहेको बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले यदि अमेरिका र अन्य सहयोगी राष्ट्रहरूले मतदानको सुरक्षा सुनिश्चित गर्न मद्दत गरेमा आगामी ६० देखि ९० दिनभित्रै चुनाव गराउन सकिने बताए । "म सत्तामा टाँसिएको छु र युद्ध अन्त्य गर्न चाहन्न भन्ने दाबी पूर्णतया अनुचित कथा हो," उनले भने ।
राष्ट्रपतिको रूपमा जेलेन्स्कीको पाँच वर्षे कार्यकाल गत मे २०२४ मा सकिने थियो, तर रुसी आक्रमणका कारण देशमा 'मार्शल ल' लागू भएपछि चुनाव स्थगित गरिएको थियो ।
यसअघि एक अन्तर्वार्तामा ट्रम्पले युक्रेनमा अब लोकतन्त्र नरहेको टिप्पणी गरेका थिए । रुसले पनि लगातार जेलेन्स्कीलाई 'अवैध' राष्ट्रपति भन्दै युद्धविरामका लागि नयाँ चुनावको माग गर्दै आएको छ ।