उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Author

सजिलो पत्रिका

२०८२ मंसिर २४, बुधबार

49
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा दलीय हस्तक्षेप अन्त्य गर्दै कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्न ऐन संशोधन हुने बताइन्।
  • उच्च शिक्षामा एआई ,भीआर भूराजनीतिक परिवर्तनले नयाँ चुनौती सिर्जना गरिरहेकाले नेपालले लगानी बढाउनुपर्ने आवश्यकता उनले दोहोर्याइन्।
  • काठमाडौं विश्वविद्यालयको मोडेल प्रशंसनीय भन्दै उनले देशमै गुणस्तरीय, किफायती शिक्षा विकास गर्न विश्वविद्यालयहरूलाई आग्रह गरिन्।
समाचार सारांशGenerated using AI.


प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हामीले केही ठोस कदमहरु चालेका छौं । पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ । शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ । ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।’

प्रधानमन्त्री कार्कीले विश्वभर उच्च शिक्षामा अफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी तथा भूराजनीतिक परिवर्तनले नयाँ चुनौती र अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै नेपालले पनि उच्च शिक्षामा ठूलो मात्रामा लगानी बढाउनुपर्ने आवश्यकता दोहोर्याइन् ।

उनले काठमाडौं विश्वविद्यालयले नवप्रवर्तन र प्राज्ञिक उत्कृष्टतामा स्थापित गरेको मोडेल अन्य विश्वविद्यालयले पनि अवलम्बन गर्नुपर्ने बताइन् । योग्य पारिश्रमिक, दक्षता अभिवृद्धि तथा आधुनिक कार्यक्रम थप्ने अभ्यासलाई उनले अनुसरणयोग्य उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

प्रधानमन्त्रीले इसिमोडअन्तर्गत सन् २००७ मा स्थापित हिमालयन युनिभर्सिटी कन्सोर्टियमको नयाँ सचिवालय काठमाडौं विश्वविद्यालयमा आउने निर्णयप्रति खुसी व्यक्त गरिन् । जलवायु परिवर्तनका चुनौतीसँग जुधिरहेका हिमाली राष्ट्रहरूको साझा आवाज विश्वसम्म पु¥याउन यसले महत्वपूर्ण भूमिका खेल्ने सरकारको आँकलन रहेको उनले बताइन् ।

यस वर्ष विद्यार्थी भर्ना बढ्न सफल भएको भन्दै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई बधाई दिइन् । ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिन बाध्य रहेको अवस्थामा देशमै गुणस्तरीय र किफायती अध्ययन वातावरण विकास गर्नु जरूरी भएको उनको भनाइ थियो ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँधुलिखेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...