चुनावबाट पूराना पार्टीहरु आएभने राजसंस्थाको मुद्दा ओझेलमा पर्छ : रविन्द्र मिश्र

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार

27
Share
Featured
  • राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले जेनजी पुस्ताले आशा गरेकोजस्तो चुनावले राजनीति सहि दिशामा लैजान सक्दैन भन्दै हालको चुनाव घोषणामाथि शंका व्यक्त गरे।
  • उनले राजनीतिक दल, जेनजी पुस्ता र राजसंस्था बीच नयाँ समझदारी बिना चुनाव भए पुरानै दल सशक्त हुने र राजसंस्था सम्बद्ध मुद्दा ओझेलमा पर्ने चेतावनी दिए।
  • मिश्रले राष्ट्रिय संकटका बेला राष्ट्रपतिले नेतृत्व नलिनुप्रति प्रश्न उठाउँदै देशको स्थायित्वका लागि राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले हाल घोषणा गरिएको चुनावले राजनीतिलाई सहि बाटो ल्याउन सक्छ भन्नेमा शंका व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहेको अवस्थामा उनीहरुले चुनावले सोचेजस्तो राजनीति सहि बाटोमा ल्याउन नसक्ने कुरा बुझ्न जरुरी रहेको पनि बताएका हुन् ।

उनले भने, ‘के जेन–जी आन्दोलन “नेपो किड” ८४ सालको चुनाव ८२ सालमा सार्नको लागि भएको थियो ? के जेनजी आन्दोलन तत्काल चुनाव गरेर केही नयाँ अनुहार र केही नयाँ पार्टीहरु थप्नको लागि भएको थियो ?, के जेनजी आन्दोलन यथास्थितिको निरन्तरताको लागि भएको थियो ? यदि थिएन भने जेनजी पुस्ता चुनाव नै विकल्प हो, चुनावले नै निकास दिन्छ भनिरहनु भएको छ । तर सबैभन्दा पहिला के बुझ्नु पर्छ भने अहिलेको चुनावले तपाईहरुले सोचे जस्तो राजनीति सहि बाटोमा आउदैँन् ।’

यस्तै, उनले यस पटक राजनीतिक दल, जेनजी पुस्ता र राजसंस्थाबीच नविन समझदारी बिना चुनाव भए पूरानै दलहरु शक्तिको वरिपरि आए भने राजसंस्थाको मुद्दा धेरै समय ओझेलमा पर्नसक्ने पनि बताए ।

देशमा संकट परेको बेला राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन समेत गर्न नसकेको भन्दै देशमा राष्ट्रिय संकट पर्दा राष्ट्रपति कहाँ थिए र फेरि संकट भयो भने के सेनापतिले देशको जिम्मेवारी लिनुपर्ने हो भन्दै प्रश्न पनि गरे ।

देशमा सबैभन्दामाथि राजसंस्थालाई पुनस्थापना गर्नैपर्ने पनि उनको भनाई छ ।

यो समाचारमा

जेन–जी आन्दोलन “नेपो किड”रवीन्द्र मिश्रकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...