पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा आचार्य पन्थी नियुक्त

Author

सजिलो पत्रिका

२०८२ मंसिर २३, मङ्गलबार १५:१८

42
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले खुला प्रतिस्पर्धाबाट चयन भएका आचार्य लक्ष्मण पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक (सदस्य–सचिव)मा ४ वर्षका लागि नियुक्त गरिन्।
  • पन्थी धार्मिक तथा ज्योतिषीय संस्थाहरूमा सक्रिय नेतृत्वकर्ता तथा पूर्व सदस्य सचिव हुन्, हाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि अनुसन्धानरत छन्।
  • समितिको नयाँ संरचना सहित पन्थीले संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण–सम्वर्द्धनमा प्रभावकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य सचिवमा नियुक्त गरेकी हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पन्थीलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

पन्थी खुला प्रतिस्पर्धाबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । समितिको सदस्यसचिवमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो । पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीले पहिलो नम्बरमा सिफारिस भएका पन्थीलाई ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेकी हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय संघसंस्थामा क्रियाशिल व्यक्ति हुन् । उनी नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दु महासंघ लगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रही कुशल कार्यसम्पादन गरेका थिए ।

पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य समेत भएर काम गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य सचिव समेत हुन् । कार्यकारी निर्देशकमा नियुक्त भएपछि पन्थीले सम्पूर्ण संस्कृति, परम्परा, रिति रिवाजको अपनत्व हुने आफुले कार्यसम्पादन गर्ने बताएका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यहरुमा प्राडा देवमणि भट्टराई, उपप्राडा नारायणप्रसाद निरौला, रतिदेवि जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भैसकेका छन् ।

यो समाचारमा

जगदीश खरेलसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाठमाडौँसुशीला कार्की
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति4 more

ट्यागहरू

#नेपाल सरकार#प्रधानमन्त्री सुशीला कार्की#प्रधानमन्त्री#कार्यकारी निर्देशक#सदस्य#नेपाल स्काउट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’ (थ्री डी) लाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यी तीन पक्षले नै वर्तमान नेपालको राजनीतिक र सामाजिक

    sajilo patrika

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    होटल व्यवसायीहरुलाई प्रधानमन्त्रीले भने- चिन्ता नगर्नुस्, उच्च प्राथमिकता दिएका छाैं

    आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    भर्खरै

    News Image

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    News Image

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    News Image

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    News Image

    सरकार असफल भए व्यवस्थामाथि नै प्रश्न उठ्छ - एमाले मुख्य सचेतक महर

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू