लोकतन्त्र सुदृढीकरण र सुशासन सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक : गृहमन्त्री

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

25
Share
Featured
  • ललितपुर जावलाखेलमा १७औँ राष्ट्रिय मानवअधिकार महाभेला सुरु भएको छ, जसमा १२५ संस्थाहरूको सहकार्य रहेको छ।
  • गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र मानवअधिकार परिपूरक रहेको भन्दै लोकतान्त्रिक प्रणाली कमजोर नबनोस् र मानवअधिकारमा समस्या नआओस् भनी सरकार सतर्क रहेको बताए।
  • उनले स्वच्छ र भयरहित प्रतिनिधिसभा निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र जेनजेड आन्दोलनका माग पूरा गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्वमा तथा एजिङ नेपाल र युनिफिकेसन नेपालको सह–संयोजकत्वमा देशभरका १२५ संस्थाको सहकार्यमा आयोजित १७औँ राष्ट्रिय मानवअधिकार महाभेला आजबाट ललितपुरको जावलाखेलमा सुरू भएको छ ।

महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक रहेको भन्दै वर्तमान परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा लोकतान्त्रिक प्रणाली कमजोर नबनाई मानवअधिकारको प्राप्तिमा समस्या उत्पन्न हुन नदिन सरकार सतर्क रहेको बताए ।

‘लोकतन्त्र र मानवअधिकार एकअर्काका परिपुरक हुन् । लोकतन्त्रको सुदृढिकरणमा मानवअधिकारको र मानवअधिकार प्राप्तीमा लोकतन्त्रको भूमिका अत्यन्तै महत्वपूर्ण हुने कुरा जगजायर नै छ । वर्तमान परिवर्तित परिप्रेक्ष्यमा लोकतन्त्र कमजोर भई मानवअधिकार प्राप्तीमा केही समस्या हुन नदिन सचेत छौं । नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न लागि परेका छौं, यसका लागि आगामी प्रतिनिधिसभाको निर्वाचन स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैलाई अनुरोध गर्दछु ।’

उनले अगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको उल्लेख गरे ।

यससँगै उनले मानवअधिकारलाई लोकतान्त्रिक समाजको मेरुदण्डका रूपमा व्याख्या गर्दै सुशासन र भ्रष्टाचार न्यूनीकरण वर्तमान सरकारको प्रमुख दायित्व भएको पुनः पुष्टि गरे ।

‘जेनजेड आन्दोलनले खोजेको अपेक्षा सुशासन, जवाफदेहिता र खुला समाज हो । हामी हिंसालाई निरुत्साहित गर्छौं,’ उनले भने ।

प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकार निरन्तर प्रयासरत रहेको जानकारी दिंदै मन्त्री अर्यालले नीतिगत सुधारमार्फत भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकार प्रतिबद्ध भएको बताए ।

उननले भने, ‘मानवअधिकार लोकतान्त्रिक समाजको मेरुदण्ड हो । देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, नीतिगत सुधार गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नु वर्तमान सरकारको दायित्व हो । जेनजेड आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज हो, आन्दोलनको म्यान्डेट सुशासन हो । जेनजेड आन्दोलनले जवाफदेहिता खोजिरहेको छ, हामी हिंसालाई निरुत्साहित गर्छौं, प्राकृतिक विपद्बाट हुने घटना रोक्न प्रयास गरिरहेका छौँ ।’

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्यालललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...