चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जित

Author

सजिलो पत्रिका

२०८२ मंसिर २०, शनिबार

22
Share
Featured
  • नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले चितवन राईनोजलाई ८ विकेटले हराउँदै १२१ रनको लक्ष्य १९.४ ओभरमा पूरा गर्‍यो।
  • पोखराका एडम वासिंगटनले ६५ रन र अर्जुनले ४३ रन अविजित योगदान दिए, जबकि चितवनका देव खनाल (३५) र अल्पेश (३३) ले उल्लेखनीय रन जोडे।
  • दुवै टोली—पोखरा एभेन्जर्स र चितवन राईनोज—पहिले नै प्लेअफबाट बाहिरिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा  पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमाथि ८ विकेटले जित हासिल गरेको हो । 

चितवनले टस जितेर पहिलो ब्याटिङ गरी ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पक्ष्याएको पोखराले दुई बल बाँकी छदै १९.४ ओभरको खेलमा २ विकेट गुमाएर १२१ रनको लक्ष्य पुरा गरेको हो । 

आजको खेलमा पोखराको जितको लागि एडम वासिंटनले सर्वाधिक ६५ रन बनाए भने उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै, अर्जुन ४३ रनमा अविजित रहे भने कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए ।  जेशन रोय ६ रनमा अविजित रहे । बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एकएक विकेट लिए ।

यसैगरी चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिए ।

चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् । 

चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।


यो समाचारमा

काठमाडौँनेपाल प्रिमियर लिगत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...