सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

15
Share
Featured
  • सर्लाहीमा ५२ किलो गाँजासहित २५ वर्षीय गंगा बहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको छ।
  • उनले बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए।
  • गाँजा भ्यानको सिटमुनि तयार गरिएको ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो।
  • पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतले ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका – ११, हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

यो समाचारमा

लालबन्दी नगरपालिकासर्लाहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...