स्वर सम्राट नारायण गोपालको गीतले आज पनि उपस्थित महसुस हुन्छ : उपप्रमुख डंगोल

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

27
Share
Featured
  • काठमाडौं उपप्रमुख सुनिता डंगोलले कलाकारको योगदान र मूल्यलाई सम्मान गर्न राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी छन्।
  • स्वर सम्राट नारायण गोपालको ३५ औँ पुण्यस्मृतिमा आयोजित कार्यक्रममा उनले कलाकारको सिर्जनालाई पुस्तान्तरण गर्दै जोगाउन आवश्यक रहेको उल्लेख गरिन्।
  • डंगोलले नारायण गोपाललाई केवल गायक नभई जनमानसका भावनाहरू गीतमार्फत व्यक्त गर्ने असाधारण कलाकार भएको बताइन्।
  • उनका अनुसार महान कलाकारहरू संसार छोडे पनि उनीहरूको कलाकारिता सदैव जीवित रहन्छ र गोपालको गीतले आज पनि उनलाई उपस्थित महसुस गराउँछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कलाकारप्रति सम्मान र उनीहरूले पु-याएको योगदानको पुस्तान्तरण आवश्यक रहेको बताएकी छन् ।

स्वर सम्राट नारायण गोपाल गुरुबाचार्यको ३५ औँ पुण्यस्मृतिको अवसरमा आयोजित गीत–गंगा भवन उद्घाटन सम्मान तथा सांगीतिक कार्यक्रम–२०८२ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले कलाकारको मूल्य र सिर्जनालाई जोगाइराख्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने बताएकी  हुन् ।

‘हामीले सधैं कलाकारहरूलाई सम्मान गर्नुपर्छ । कलाकारहरूले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै जाँदा ती कलाहरू पनि पुस्तान्तरण हुँदै जानुपर्छ ।’

उनले स्वर सम्राट नारायण गोपाल केवल गायक मात्र नभई जनमानसका गहिरा भावनाहरू गीतमार्फत अभिव्यक्त गर्ने असाधारण कलाकार रहेको उल्लेख गरिन् ।

‘उहाँले पीडा मात्र होइन, हाम्रो जीवनका विभिन्न भावनाहरू उजागर गर्नुभयो । कलाकारिताले जनमानसको मन छुने क्षमता हुनुपर्छ भनिन्छ, उहाँ त्यही मनलाई छुन सक्ने कलाकार हुनुहुन्थ्यो,’ डंगोलले भनिन् ।

उपप्रमुख डंगोलले नारायण गोपालको गीतले आज पनि उनलाई उपस्थित महसुस गराउँछ भन्दै कलाकारको कृतित्व कहिल्यै मर्न नजाने बताइन् ।

‘उहाँको गीतको आभासले उहाँ हामीसँगै हुनुहुन्छ जस्तो लाग्छ । मानिसले त छोडेर जानै पर्दछ, तर महान कलाकारहरू संसार छोडे पनि उनीहरूको कलाकारिता सदैव जीवित रहन्छ,’ उनले भनिन् ।

यो समाचारमा

काठमाडौँसुनिता डंगोलकाठमाडौँ महानगरपालिकानारायण गोपाल गुरुबाचार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...