रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

16
Share
Featured
  • रौतहटमा जेन–जी आन्दोलनको क्रममा सरकारी र सार्वजनिक संरचनामा भएको तोडफोड तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छन्।
  • उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनीगाहपुरबाट पक्राउ गरी आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ र रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहटमा जेन–जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाकै चन्द्रपुर नगरपालिका – ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा – ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनीगाहपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको र रौतहट जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता बस्यालले बताए ।

यो समाचारमा

रौतहटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...