धोबी खोलामा साइकलसहित एक व्यक्ति मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

12
Share
Featured
  • काठमाडौंको मदन भण्डारी कलेज नजिक धोबी खोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्, र उनको पहिचान खुल्न सकेको छैन।
  • प्रहरीको प्रारम्भिक अनुमान अनुसार साइकल चलाइरहेको क्रममा व्यक्ति अनियन्त्रित भएर खोलामा खसेको हुन सक्छ।
  • घटनास्थलमा प्रहरी पुगेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजधानीको धोबी खोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा फेला परेका छन् । उनको पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, मदन भण्डारी कलेज नजिक खोलाको हिलोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।

"साइकलसहित एक व्यक्ति मृत फेला परेका छन्, तर अहिले शवको पहिचान हुन सकेको छैन," एसपी भट्टराईले भने ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सडकमा साइकल चलाइरहेका ती व्यक्ति अनियन्त्रित भई खोलामा खसेको हुन सक्छ । प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...