हेटौँडा बजार सडक विस्तारः व्यवसायी र घरधनीको विरोध, न्यायपूर्ण मुआब्जाको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

14
Share
Featured
  • मकवानपुर हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार सडक विस्तार योजना स्थानीय व्यवसायी, घरधनी र बासिन्दाबीच विवादको केन्द्रमा परेको छ, जसमा उनीहरूले उचित मुआब्जा र पारदर्शी प्रक्रिया बिना काम अघि बढाउन नदिने चेतावनी दिएका छन्।
  • व्यवसायीहरूले दशकीय व्यवसाय सुरक्षा, वैकल्पिक बसोबास, क्षतिपूर्ति र व्यापार स्थानान्तरण सुनिश्चित गर्न माग गर्दै प्रशासनसँग सहमति र न्यायसंगत प्रक्रिया अपनाउन आग्रह गरेका छन्।
  • दशकौं पुरानो सडक विस्तार योजना विवादका कारण अहिले पुनः ध्यानाकर्षण भएको र स्थानीयहरूले केही दिनभित्र संयुक्त आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको उल्लेख छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुरको हेटौडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार सडक विस्तारको योजना पछिल्लो दिनहरूमा विवादको केन्द्रविन्दु बनेको छ । 

नगरपालिकाले हालै १५ दिने सूचना जारी गरेपछि स्थानीय व्यवसायी, घरधनी र बासिन्दा सडकमा उत्रिएर विरोध प्रदर्शन गर्दै छन्। उनीहरूले विकासका नाममा घर–जग्गा उचित मुआब्जा बिना अधिग्रहण गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बजार क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले पारदर्शी प्रक्रिया, वैकल्पिक बसोबास र न्यायपूर्ण मुआब्जा सुनिश्चित नगरी कुनै पनि संरचना भत्काउन नदिने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरूले दशकौंदेखि सञ्चालन हुँदै आएका व्यवसायलाई सुरक्षा दिनुपर्ने, नागरिकको अधिकारलाई संरक्षण गर्नुपर्ने माग राखेका छन् ।

पूर्वअध्यक्ष, उद्योग वाणिज्य संघ मकवानपुर, रामहरी न्यौपानेले भने, ‘हामी व्यवसायी शान्तिपूर्ण छौँ—आन्दोलनकारी होइनौँ । सरकारसँग अनुरोध छ—हाम्रो पीडा बुझेर, सहमति र न्यायसंगत मुआब्जा सुनिश्चित गर्दै सडक विस्तार गर्नुस्। पूर्वाधार निर्माण आवश्यक छ, तर डर र आतंक फैलाउने काम स्वीकार्य छैन ।’

व्यवसायीहरूले अझ जोड दिए कि जग्गा मूल्यांकन, क्षतिपूर्ति दर, वैकल्पिक बसोबास र व्यापार स्थानान्तरण योजना सम्बन्धी कुनै स्पष्ट जानकारी प्रशासनबाट नआएको कारण उनीहरू अन्योलमा छन् । यदि प्रशासनले न्यायसंगत प्रक्रिया र मुआब्जा सुनिश्चित नगरेको खण्डमा आन्दोलन अझ उग्र हुने चेतावनी समेत दिएका छन् । 

बजार क्षेत्रको सडक विस्तार परियोजना दशकौं पुरानो योजना हो। तर वार्षिक रुपमा विभिन्न कारणले ढिलाइ हुँदा अहिले फेरि विवादमा परेको छ । स्थानीयहरूले भने—सडक विस्तार आवश्यक छ, तर व्यवसायी र घरधनीको अधिकार र जीवन सुरक्षा सुनिश्चित नगरी बलपूर्वक काम अघि बढाउन नहुने, व्यवसायी र घरधनीहरूले केही दिनभित्रै संयुक्त आन्दोलनको विस्तृत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । उनीहरूको मुख्य माग भनेको सडक विस्तारको विरोध मात्र होइन, न्यायपूर्ण प्रक्रिया, मुआब्जा र वैकल्पिक बसोबासको सुनिश्चितता हो।

नगरपालिकाले यसबारे अझै स्पष्ट धारणा नदेखाएपछि विवाद थप गहिरो हुने संकेत देखिएको छ।

यो समाचारमा

हेटौडा उपमहानगरपालिकाकाठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...