एनपीएलमा आज विश्राम, भोलि प्लेअफका लागि महत्त्वपूर्ण दुई खेल हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १५, सोमबार

13
Share
Featured
  • आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा खेलाडीहरूले विश्राम पाएका छन्; भोलि दुई महत्त्वपूर्ण खेल हुनेछन्।
  • पहिलो खेलमा जनकपुर बोल्ट्स vs चितवन राइनोज; जनकपुरको प्लेअफ सम्भावना जीवित राख्न जित जरूरी छ।
  • दोस्रो खेलमा पोखरा एभेन्जर्स vs कर्णाली याक्स; दुवै टोलीका लागि प्लेअफ यात्रा तय गर्ने दृष्टिले खेल निर्णायक हुनेछ; हाल सुदूरपश्चिम रोयल्स अपराजित रहँदै प्लेअफमा पुगिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज खेलाडीहरूले विश्राम पाएका छन् । प्रतियोगिता अन्तर्गत भोलि (मङ्गलबार) प्लेअफको समीकरणलाई प्रभाव पार्ने दुई महत्त्वपूर्ण खेलहरू हुनेछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजको सामना गर्नेछ । लगातार चार खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको जनकपुरका लागि प्लेअफको गणितीय सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब छ । उता, चारमध्ये दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ ।

त्यस्तै, अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि प्लेअफ यात्रामा यो खेल निकै महत्त्वपूर्ण छ । चार खेलमा एक जित निकालेको पोखरालाई जितले राहत दिनेछ भने कर्णालीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा छ ।

मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म १९ खेल सकिँदा अपराजित रहेको सुदूरपश्चिम रोयल्स १० अङ्कका साथ प्लेअफमा पुग्ने पहिलो टोली बनिसकेको छ ।

यो समाचारमा

क्रिकेटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...