नयाँ इतिहास लेख्न अब युवाहरु उठ्नुपर्छ : अध्यक्ष यादव

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

18
Share
Featured
  • उपेन्द्र यादवले जनकपुरधाममा आयोजित सम्मेलनमा युवालाई उठेर देशको नयाँ इतिहास लेख्न र शिक्षा–रोजगारका अधिकारका लागि संगठित हुन आह्वान गरे।
  • उनले भ्रष्टाचार हटाउन युवालाई सक्रिय रूपमा चुनावमा सहभागी भई मतको प्रभावकारी प्रयोग गर्न आग्रह गरे।
  • यादवले कांग्रेस र कम्युनिस्ट दलले ३५ वर्षमा विकास नगरेको आरोप लगाउँदै, भ्रष्टाचार रोक्न निर्वाचन प्रणाली सुधार र कर्मचारीको तलब वृद्धि आवश्यक रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरुलाई आह्वान गरेका छन् ।

समाजवादी यूवा संघ, नेपालद्वारा आइतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न यवाहरु उठ्नुपर्नेमा जोड दिए । उनले विभिन्न देशहरुको उदाहरण दिँदै युवाहरुकै कारणले परिवर्तन आउने गरेको इतिहासबारे चर्चा गरे । 

अध्यक्ष यादवले अब मधेशका युवाहरुलाई पनि उठेर नयाँ इतिहास रच्न आह्वान गरे । उनले शिक्षा र रोजगार होम्रो अधिकार भन्ने नारालाई अवलम्बन गर्दै युवाहरुलाई संगठित हुन आग्रह गरे ।

अध्यक्ष यादवले युवाहरुलाई अब हुने चुनावमा सहभागी हुन आग्रह गरे । उनले चुनावमा सहभागी भएर आफ्नो मतको प्रयोग गरी भ्रष्टाचार र भ्रष्टाचारीलाई जडैदेखि उखालेर फ्यालेर देखाउन आग्रह गरे ।

अध्यक्ष यादवले कम्युनिष्ट र कंग्रेसले ३५ वर्षदेखि देशमा कुनै विकास नगरेको आरोप समेत लगाए । उनले कंग्रेस र कम्युनिष्टकै रवैयाहसंग आजित भएर नेपालमा जेनजी आन्दोलन निम्त्याएको धारणा राखे ।

त्यस्तै उनले भ्रष्टाचार रोक्न निर्वाचन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको सुझाव दिए । उनले चुनावमा जति खर्च कम हुन्छ त्यतिनै भ्रष्टाचार कम हुने धारणा राखे । उनले कर्मचारीहरुको तलव पनि न्यून रहेकोले त्यसमा राज्यले विचार गर्नुपर्ने बताए ।

यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालजनकपुरनेपालउपेन्द्र यादव
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...