रञ्जु दर्शनाको उद्घोष : ‘हामी बिलाउन होइन, मिलाउन आएका हौं’

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

13
Share
Featured

काठमाडौँ


विवेकशील साझा पार्टीकी नेतृ रञ्जु न्‍यौपाने दर्शनाले एकअर्कासँग टुटेर नभइ जुटेर काम गर्नुपर्ने बताएकी छन् । 

आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरिएको बताएकी हुन् । 

उनले भनिन्, ‘अहिले विवेकशील साझा पार्टी र रास्वपा मिल्दै गर्दा मिल्नको लागि त्यति कठिन पनि होइन रहेछ भन्ने देखिएको छ । धेरै टुटफुट झेलिसक्नुभयो, यहाँ आउँदा भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ । तर अवस्था त्यस्तो पनि होइन । टुटफुट झेलिसकेको भएर नै हामीले ठूलो पाठ सिक्यौं । टुटेर होइन फुटेर हुन्छ आएका हौं । अबको राजनीति जुटकै राजनीति हुनुपर्छ । बिलाउन होइन, मिलाउन गएका हौं । टुटेर होइन, जुटेर काम गर्नुपर्दो रहेछ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनैपर्छ, वैकल्पिक शक्तिले बहुमत ल्याउनैपर्छ ।’

वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उनको भनाइ छ । उनले अब आउने निर्वाचनबाट रास्वपलाई बहुमत दिलाउनुपर्ने उनको भनाइ छ ।

यो समाचारमा

काठमाडौँरञ्जु न्‍यौपाने दर्शनाराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...