कामबाट निकालिएको रिसमा हत्या, दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

32
Share
Featured
  • बाराको प्रसौनी गाउँपालिका–६ स्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक राम किशोर सिंहलाई धारिलो छुरा र इँटाले टाउकोमा प्रहार गरी हत्या गरिएको थियो।
  • प्रहरीले हत्या संलग्नता आरोपमा २१ वर्षीय राजन कुमार राम र ३२ वर्षीय प्रमोद साह तुरहालाई वीरगञ्ज महानगरपालिका–२२ बाट पक्राउ गर्यो। घटनास्थलबाट रगत लागेको छुरा र इँटासमेत बरामद गरिएको छ।
  • अनुसन्धान अनुसार हत्या पुरानो रिस र फ्याक्ट्रीबाट निकालिएको रिसका कारण गरिएको हो; दुवै आरोपीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बारा प्रहरीले पानी फ्याक्ट्रीका प्रबन्धकको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । 

प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालि (पानी फ्याक्ट्री) का प्रबन्धक (म्यानेजर) राम किशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

फ्याक्ट्री नजिकै रातिको समयमा  धारिलो छुरा र इँटाले टाउको थिचेर  हत्या भएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको थियो । 

सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनियारीका २१ वर्षीय राजन कुमार राम र उनका साथी सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ गरेको छ ।  

घटनास्थल तथा अभियुक्तहरूको साथबाट रगत लागेकै फलामको छुरा १ थान र इँटा १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए । 

उनका अनुसार भारत तर्फ भाग्दै गरेको अवस्थामा राजनलाई र तुरहालाई वीरगंज महानगरपालिका वडा न.२२ मा लुकिछिपि बसेको अवस्था पक्राउ गरिएको हो । प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसिइवी र कामबाट निकालिएको रिस रहेको खुलेको छ ।  

दुवै जनाले फ्याक्ट्रीबाट निकालिएको रिस र विभिन्न समयमा भएको  वादविवाद कारण हत्या गरेको प्रहरी समक्षको बताएका छन । पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

यो समाचारमा

काठमाडौँबाराभारतवीरगञ्ज महानगरपालिका
नेपाल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...