दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

17
Share
Featured
  • दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायलाई शिक्षित र संगठित हुनुपर्ने भन्दै समान हक–अधिकारका लागि एकजुट हुन अपिल।
  • सरकारले सुविधा वितरणमा हुने भेदभाव रोक्नुपर्ने र सबै जात–धर्मका नागरिकले समान सुविधा पाउनुपर्ने भन्दै यादवले विद्यमान भेदभाव र गुलामी सोच अन्त्य गर्न आह्वान।
  • कार्यक्रममा एक दर्जनभन्दा बढी नेताहरू विभिन्न पार्टी त्यागेर जनता समाजवादी पार्टी नेपालमा प्रवेश, अध्यक्ष यादवले स्वागत।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । 

अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात हरेक धर्म रहेक समुदायले समान हक र समान सुविधा पाउनु पर्ने उल्लेख गरे ।

अध्यक्ष यादवले देशमा विद्यमान गुलामी प्रथा र भेदभाव अनत्य गर्न सबैलाई एक जुट भएर आवाज उठाउन पर्नेमा जोड दिए । उनले पहिला पिछडिएका वर्गहरुका बच्चाहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । उनले शिक्षित र संगठित हुनको विकल्प नरहेको बताए ।

समान अधिकारका लागि अहिले अझै संघर्ष गर्न बाँकी रहेकोले डिओटिआईएम मा आवद्ध भएर एक अर्कालाई कुनै समस्या परेमा चुप लागेर बस्नुको साटो अगाडि आएर आवाज उठाउन सबैलाई सुझाव दिए । अध्यक्ष यादवले कुनै एक समुदायलाई समस्या भएको खण्डमा अर्को समुदायले चुप लागेर बस्नु नहुने बताए । परिवर्तन चाहने सबैले सबैको समस्यालाई आफ्नो समस्या बुझेर एक अर्काको मद्दत गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर एक दर्जन बढी नेता कार्यकर्ता तथा युवाहरु जसपा नेपालमा प्रवेश गरेका थिए । अध्यक्ष यादवले टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालजनकपुरउपेन्द्र यादवकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...