नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डले १० मेगावाटको मिथिला सोलार परियोजनामा लगानी गर्ने

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

17
Share
Featured
  • नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड (एनआइएफ) ले जनकपुरको १० मेगावाट मिथिला सोलार परियोजनामा रणनीतिक लगानी गर्ने सम्झौता गरेको छ।
  • परियोजनाको उद्देश्य नेपालमा वैकल्पिक ऊर्जा प्रयोग बढाउनु, आयातित इन्धनमा निर्भरता घटाउनु र दिगो ऊर्जा भविष्यमा योगदान पुर्याउनु हो।
  • मिथिला सोलार परियोजना अन–ग्रिड प्रणालीमा आधारित १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने योजना हो, जसका प्रवद्र्धक सन् २०३० सम्ममा १ गिगावाट कार्बन–न्यूट्रल ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेका छन्।
  • यससँगै एनआइएफ सौर्य ऊर्जा क्षेत्रमा सबैभन्दा ठूलो संस्थागत लगानीकर्तामध्ये एक बनेको छ, र नेपालले नवीकरणीय ऊर्जा क्षमता विस्तार गर्दै राष्ट्रिय ऊर्जा सन्तुलन सुधार्ने कदम उठाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड (एनआइएफ) ले जनकपुर, मधेश प्रदेशमा रहेको १० मेगावाटको मिथिला सोलार परियोजनामा रणनीतिक लगानी गर्ने सम्झौता गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल–री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धनमा स्थापित फन्डले यो लगानी गरेर नेपालको वैकल्पिक ऊर्जा स्रोतको उपयोग बढाउने, आयातित इन्धनमा निर्भरता घटाउने र दिगो ऊर्जा भविष्यको लक्ष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

मिथिला सोलार परियोजना अन–ग्रिड प्रणालीमा आधारित १० मेगावाटको सौर्य ऊर्जा उत्पादन क्षमतासहितको परियोजना हो । परियोजनाका प्रवद्र्धक ऊर्जा डेभलपर्सले सन् २०३० सम्ममा १ गिगावाट कार्बन–न्यूट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन् ।

यस परियोजनामा एनआइफको लगानीसँगै फन्ड नेपालमा सौर्य ऊर्जा क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एकको रूपमा स्थापित भएको छ । यसअघि फन्डले २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाटको जी.आई सोलार, ५ मेगावाटको सोलार फार्म, ५० मेगावाट लुम्बिनी र ४० मेगावाट बुद्धभूमि सोलार परियोजनामा लगानी गरेको छ ।

एनआइएफका अध्यक्ष डा. मनिष थापाले भने, “मिथिला सोलार परियोजनामा हाम्रो रणनीतिक लगानी नेपालको दिगो पूर्वाधार विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसँग मेल खान्छ। सौर्य ऊर्जा जलविद्युत् क्षेत्रको पूरकको रूपमा महत्त्वपूर्ण छ, विशेष गरी मौसमी भिन्नता र सुक्खा मौसममा घट्दो उत्पादनको चुनौतीहरूलाई सम्बोधन गर्न ।“

ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले भने, “ग्लोबल इक्विटी फन्डसँग दीर्घकालीन साझेदारी गर्न पाउँदा हामी खुसी छौ ं। मिथिला सोलार परियोजनाले हाम्रो ऊर्जा स्रोत विविधीकरण गर्न सहयोग पुर्याउनेछ र १ गिगावाटको राष्ट्रिय विकास लक्ष्यमा पुग्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।“

यस लगानीसँगै नेपालले सौर्य ऊर्जामा आफ्नो क्षमता विस्तार गर्दै राष्ट्रिय ऊर्जा सन्तुलन सुधार्ने र नवीकरणीय ऊर्जा क्षेत्रलाई दिगो रूपमा प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण कदम उठाएको छ ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँजनकपुरनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...