बाजुरामा देउडा परम्परा : संस्कृति, पहिचान र समृद्धिको जीवित धरोहर

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

34
Share
Featured
  • बाजुराको देउडा गीत र नृत्य केवल मनोरञ्जन नभएर स्थानीय पहिचान, सांस्कृतिक अस्तित्व र सामुदायिक भावनाको जीवन्त अभिव्यक्ति बनेको छ।
  • देउडा समूहमा ‘डेढ कदम’ शैलीमा प्रदर्शन हुँदै सबै सांस्कृतिक, धार्मिक र पारिवारिक अवसरमा अनिवार्य रूपमा प्रस्तुत हुन्छ।
  • आधुनिक डिजिटल माध्यमले देउडाको पहिचान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिने सम्भावना बलियो बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा देउडा गीत, नृत्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्थानीय पहिचान र सांस्कृतिक अस्तित्वको जिवन्त अभिव्यक्ति बनेर जगेर्ना हुँदै आएको छ ।

स्थानीय भाषा समुदायमा सृजना भएका देउडा गीतले समयक्रममा अत्यधिक लोकप्रियता कमाउँदै यस क्षेत्रभन्दा बाहिर समेत गहिरो प्रभाव छाडेको छ ।

दशैं, तिहार, भुवापर्व, गौरा पर्व, मेला, पुतला, रत्यौलीदेखि विवाह उत्सवसम्म लगभग सबै सांस्कृतिक तथा धार्मिक अवसरमा देउडा प्रस्तुति अनिवार्यझैँ मानिन्छ । एकल रूपमा गाइने देउडा अहिले समूहमा ‘डेढ कदम’ मेलाउँदै गोलो घेरामा प्रस्तुत गरिने अनोठो शैलीका कारण अझ प्रभावकारी बन्दै गएको छ ।

देउडा शब्दको उत्पत्तिबारे गाँउघरमा  विभिन्न व्याख्या गरिरहेको पाइन्छन् ।  संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै देउडा बनेको मानिन्छ, भने कतिपय विद्वानले नृत्यको चाल र प्रस्तुती शैलीका आधारमा यसको नामकरण भएको धारणा प्रस्तुत गर्छन् ।

बाजुरामा कुनै पनि मेला–पर्व, सामूहिक उत्सव वा खुसियाली बिना देउडा गीत पूरा नहुने मान्यता छ । बाजुरेली पहिरन, स्थानीय बोली–भाषा र भाकाले देउडालाई अझ मौलिक र आकर्षक बनाइदिन्छ ।

स्थानीयले आफ्नो दुःख, सुख, जीवनका अनुभव, सामाजिक अवस्थादेखि पारिवारिक कथा–व्यथासम्म देउडाका ओल्काहरूमा पोख्ने परम्परा अझै बलियो छ ।

यही कारण देउडा केवल गीत, नृत्य नभई सामुदायिक भावनाको दर्पण पनि मानिएको छ । आधुनिक गीत, संगीतका जति नै नवीन शैली बजारमा आए पनि बाजुरेली समुदाय देउडाप्रति समान भावनात्मक सम्बन्ध राख्दै आएका छन्  । ‘आजै शुरु भएजस्तो नयाँ उर्जा’ लिएर देउडामा रमाउने गर्छन् यहाँका बासिन्दा, जसले परम्परागत संस्कृतिलाई वर्तमान पुस्तासम्म जोडिदिने काम गरेको छ ।

देउडा गीतको भिडियोले पनि त्यही सांस्कृतिक समृद्धि उजागर गरेको छ । भिडियोमा देखिएको स्थानीय पोशाक, सामूहिक नृत्य, तालमेलपूर्ण डेढ कदम र मौलिक भाका यस परम्पराको जीवन्तता र भव्यताको प्रमाणित उदाहरण बनेका छन् । आधुनिक प्रविधि र डिजिटल माध्यमको प्रसारसँगै बाजुरेली देउडाको पहिचान राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने सम्भावना अझ प्रबल बन्दै गएको छ ।

यो समाचारमा

दशैंबाजुराकाठमाडौँतिहार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...