एमसिए–नेपालद्वारा न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण शुभारम्भ

Author

सजिलो पत्रिका

२०८२ मंसिर १०, बुधबार

26
Share
Featured
  • उर्जा पूर्वाधारको शुभारम्भ: एमसिए–नेपालले नवलपरासीको सुनवलमा १८ किमि प्रसारण लाइन र न्यू बुटवल सबस्टेशन निर्माणको शुभारम्भ गरेको छ, जसले नेपालको विद्युतीय सञ्जाल सशक्त बनाउनेछ।
  • क्षेत्रीय ऊर्जा व्यापार र साझेदारी: यस आयोजनाले नेपाल–भारत बीच ऊर्जा व्यापार विस्तार गर्नेछ र अमेरिकी सहयोग (एमसीसी) मार्फत दीर्घकालीन आर्थिक वृद्धि र स्वच्छ ऊर्जा पहुँचमा योगदान पुर्‍याउनेछ।
  • आर्थिक र विकास प्रभाव: निर्माण हुने प्रसारण लाइन र सबस्टेशनले विद्युत् आपूर्ति भरपर्दाे बनाउने, चुहावट घटाउने, व्यापार लागत घटाउने र नयाँ निजी लगानी तथा राजस्व आर्जनमा सहयोग पुर्‍याउनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एमसिए–नेपालले आज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ । 

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपालभारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।

माननीय अर्थमन्त्री श्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक श्री डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिको समुपस्थितिमा उक्त निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा माननीय अर्थमन्त्री श्री खनालले भने, ‘स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पु-याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको छ । एमसीसी र एमसिए–नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्यरूपमा रूपान्तरण गर्दैछौँ ।’

‘थप भरपर्दाे ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको छ ।’ नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम थम्प्सनले भने ‘प्रसारण लाइन तथा सबस्टेशन जस्ता आयोजनाहरूले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ । आजको यो कार्यक्रम हामी सहकार्यबाट के कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो ।’

‘नेपालको ऊर्जा सुरक्षा सशक्त बनाउने सन्दर्भमा आज एउटा नयाँ अध्याय थपिएको छ ।’ एमसिए–नेपालका कार्यकारी निर्देशक श्री विष्टले भने, ‘यस प्रसारण लाइन तथा सबस्टेशनले ऊर्जा व्यापार विस्तार गर्न तथा नेपालीका लागि दीर्घकालीन लाभ दिलाउनमा नयाँ अवसरहरू सिर्जना गर्नेछन् । नेपाल सरकार तथा अमेरिकी सरकारको एमसीसीसँगको निकटतम साझेदारीमा यस आयोजनाको कार्यान्वयन गर्न पाएकोमा एमसिए–नेपाल गौरवान्वित छ र यसलाई सफल बनाउनमा प्रतिबद्ध छ ।’

यस १८ किमि प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सबस्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । 

करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने यी ऊर्जा पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन् २०२४ अन्तर्गत स्वच्छ जलविद्युत् भारत निर्यात गर्नमा नेपाललाई सघाउ पु¥याउनेछ ।

यस १८ किमि प्रसारण लाइन र न्यू बुटवल सबस्टेशनले नेपालमा बढ्दो रूपमा उत्पादन हुन थालेको जलविद्युत्लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले यिनीहरू नेपालको आर्थिक भविष्यका लागि महत्वपूर्ण छन् ।

नेपालको उच्च भोल्टेजयुक्त विद्युतीय सञ्जाललाई सशक्त बनाउँदै यस आयोजनाले घरपरिवार एवं व्यवसायहरूका लागि विद्युत् आपूर्ति थप भरपर्दाे बनाउनेछ भने विद्युत् चुहावट घटाउनुका साथै नेपाललाई ऊर्जाको वैदेशिक व्यापार गर्न सक्षम बनाउनेछ । यी सुधारबाट व्यवसाय सञ्चालनको खर्च घट्नेछ भने नयाँ निजी लगानी आकर्षित हुनेछ र नेपालका विकास प्राथमिकतामा पुनःलगानी गर्न सकिने थप राजस्व आर्जन गर्न सहयोग पुग्नेछ ।

यो समाचारमा

काठमाडौँसंयुक्त राज्य अमेरिकाभारतनवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...