नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

34
Share
Featured
  • माधव नेपालले इतिहास र सबै नेताको भूमिकालाई सम्मान नगरे पार्टीभित्र ‘बा’ प्रवृत्ति हाबी हुने चेतावनी दिए।
  • विचार, सिद्धान्त र कार्यक्रमसँगै समाजवादको लक्ष्यले पार्टीलाई एकताबद्ध गर्नुपर्ने उनले बताए।
  • नयाँ पार्टी बनेपछि पेरिसडाँडा–आलोकनगरजस्ता पुराना पार्टीवादी मानसिकता त्यागी सबै जनसंगठनलाई एकजुट गर्नुपर्छ भने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । 

उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत्ति हाबी हुनेछ । ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ । साथै विचार, सिद्धान्त, रणनीति र कार्यक्रमले मात्रै होइन समाजवादको उद्देश्यले पनि एकताबद्ध होऔँ । नेपाली जनताको आशाको केन्द्रको रुपमा यो पार्टीलाई कसरी बढाउन सकिन्छ भन्ने सन्देश पनि दिने हो ।’

यस्तै, उनले नयाँ पार्टीमा आएपछि पुरानो पार्टीबाट मुक्त हुनुपर्ने भन्दै यसको लागि पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताए । 

‘नयाँ पार्टी बनेको छ । हामी पूरानो पार्टीबाट मुक्त हुनुपर्छ । यसमा प्रशिक्षणको पनि आवश्यकता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । संगठन मेरो वा अर्को संगठन अरुको भन्ने कुराबाट पनि मुक्त हुनुपर्छ । अब एउटै जसरी पार्टी भएको छौ त्यसैगरी सबै जनसंगठनलाई पनि एकताबद्ध गराउनु पर्नेछ ।’

यो समाचारमा

काठमाडौँमाधवकुमार नेपालनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...