बिच्छ्या जोड्ने सडक मुख्यमन्त्री शाहद्वारा शिलान्यास

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

16
Share
Featured
  • बाजुराको हिमाली गाउँपालिकाका वडा नं. १, २ र ३ जोड्ने सडकखण्डको शिलान्यास मुख्यमन्त्री कमल बहादुर शाहले गरेका छन्।
  • प्रदेश सरकारले २.६९ करोड बजेट विनियोजन गरी ठेक्का सम्झौता सम्पन्न गरेको छ, हुम्लाको ताजाकोट गाउँपालिकाले ५० लाख सहयोग पुर्याएको छ।
  • सडक निर्माणपछि स्थानीयको शिक्षा, स्वास्थ्य, आवतजावत र दैनिक जीवनमा सहजता आउने र आधारभूत सेवा विस्तार हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको पुर्वी क्षेत्रको हिमाली गाउँपालिकाका वडा नं. १, २ र ३ (बिच्छा, कोट र बौडी)लाई जोड्ने सडकखण्डको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिलान्यास गरेका छन् । 

बाजुराकै अति विकट क्षेत्रमा पर्ने बिच्छ्या वर्षौंदेखि सडक सुविधा नहुँदा स्थानीय वासीले भोग्दै आएको कष्टलाई अन्त्य गर्ने उद्देश्यका साथ मुख्यमन्त्री शाहले सडक निर्माण कार्यको लागि शिलान्यास गरेका हुन्।

झन्डै ६०० घरधुरी रहेका यस क्षेत्रमा सडक अभावकै कारण शिक्षा, स्वास्थ्य, खाद्यान्न ढुवानीदेखि दैनिक जीवनसम्म चुनौतीपूर्ण रहँदै आएको थियो । सडक निर्माण पश्चात् यहाँका नागरिकलाई ठूलो राहत मिल्ने भएको हो । 

प्रदेश सरकारले विनियोजन गरेको बजेट अन्तर्गत २ करोड ६९ लाख रुपैयाँमा सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । हुम्लाको ताजाकोट गाउँपालिकाले ५० लाख रकम विनियोजन गरि सहयोग पुर्याएको छ ।

यता कर्णाली प्रदेश तर्फ हुम्लाको खडाडिल–पम्पानी हुँदै मैतनासम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । 

‎हिमाली गाउँपालिका–१ को कार्यालयसम्म ६ किलोमिटर ट्र्याक खोल्ने काम सुरु हुने भएको छ । शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले तीनै तहका सरकारको समन्वयमा विकास गतिविधि अघि बढ्न थालेको उल्लेख गर्दै यसलाई संघीयताको सकारात्मक अभ्यासको उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् । 

विकास जादुको छडी नभई क्रमिक रुपमा हुने भएकोले विकटका नागरिकको समस्या समाधान गरिने मुख्यमन्त्री शाहले बताए । विकट बस्तीसम्म क्रमिक रूपमा पूर्वाधार विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनले  सडकस्तर उन्नतिको साथै स्वास्थ्य, शिक्षा र आधारभूत सेवाका क्षेत्रमा समेत बजेट छुट्याइने आश्वासन दिएका छन्। सडक निर्माण हुने भए संगै यहाँका स्थानीय खुसि समेत भएका छन्। सडक सञ्जालबाट प्रताडित यहाँका स्थानीयलाई सडक सञ्जालको पहुँच पुगेपछि दैनिक आवतजावतमा सहयोग पुग्ने छ।

सिलान्यास ‎कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही, प्रदेशसभा सदस्य जुना दानी, बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहरा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल स्थानीय तह तथा वडाका जनप्रतिनिधि लगायत पत्रकारको सहभागी थियो।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशबुढीनन्दा नगरपालिकाबाजुरा
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै

    काठमाडौं । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भए पनि उत्पादित दूधको ठूलो हिस्सा अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन। प्रदेश दुग्ध विकास बोर्डका अनुसार सुदूरपश्चिममा वार्षिक ३ लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेको छ, जसमा कैलाली र कञ्चनपुरको योगदान ५२ प्रतिशत छ।तथ्याङ्कअनुसार प्रदेशमा दैनिक

    Data is loading...

    Loading brands...

    Loading footer...