एनपीएल : पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सको विजयी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

24
Share
Featured
  • सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै NPL सिजन–२ मा महत्वपूर्ण जित दर्ता गर्यो, १९४ रनको लक्ष्य पछ्याएको पोखरा १७५ रनमै सीमित भयो।
  • पोखराका कुशल भुर्तेलले ५३ रनको उत्कृष्ट पारी खेले, तर टोलीलाई जित दिलाउन सकेनन्; जिम्मी निशमले ३ विकेट, डाउथवैट र आकाश चन्दले २–२ विकेट लिए।
  • सुदूरपश्चिमका जोश ब्राउनले ६८ रन र विनोद भण्डारीसँग १०८ रनको साझेदारी गर्दै इन्निङ्स मजबुत बनाए, बलिङतर्फ हर्मित सिंहले २ विकेटसहित कुल ६ बलरले समान योगदान दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । 

आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । 

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय खेले तर जित हासिल गर्न सकेनन् । यस्तै, कुशलले ३२ बलमा ५३ रन, जिम्मी निशमले ४७ रन, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रन बनाए । यसैगरी आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दिपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एकएक विकेट लिए ।

सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए भने ब्राउनले विनोद भण्डारीसँग १०८ रनको साझेदारी गरे । विनोद ४३ रन, क्रीस लिन ३१, कप्तान दीपेन्द्रसिंह ऐरी १५, हर्मीत सिंह ४ र स्कट कुइगेलेन ८ रन बनाए । 

बलिङमा पोखराका जिम्मी निशमले सर्वाधिक ३ विकेट लिए । ड्यान डाउथवैट र आकाश चन्दले दुई-दुई विकेट लिए । 

यो समाचारमा

काठमाडौँनेपाल प्रिमियर लिगत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानकुशल भुर्तेल
दिपेन्द्र सिंह ऐरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...