एनपीएल :पोखरा एभेन्जर्सलाई सुदूरपश्चिमको १९४ रनको विशाल लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

31
Share
Featured

काठमाडौँ


नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य दिएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर सुदूरपश्चिमका ओपनर ब्याट्सम्यान जोस ब्राउनको अर्धशतकको सहयोगमा १९३ रन जोडेको हो । 

उनले २९ बलको सामना गरी तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिमका दोस्रा खेलाडी हुन् ।

यसअघि, काठमाडौं विरुद्धको खेलमा सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।

एनपीएलमा पोखरा पहिलो जितको खोजीमा भिड्दै छ भने सुदूरपश्चिम भने दोस्रो जितको खोजीमा छ ।

सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौैंलाई पराजित गरेको थियो । पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो । 

यो समाचारमा

काठमाडौँत्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदाननेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...