सिमरा घटनाप्रति गृहको ध्यानाकर्षण, शान्तिपूर्ण कार्यक्रम गर्न आग्रह

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

16
Share
Featured
  • बाराको सिमरामा एमाले कार्यकर्ता र ‘जेन–जी’ समूहबीचको झडपपछि कर्फ्यु आदेश जारी गरिनुका साथै सिमरा विमानस्थल बन्द भएको थियो, तर स्थिति अहिले सामान्य बन्दै गएको छ।
  • झडपका क्रममा विमानस्थलको गेट तोडफोड, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन तथा विवाद एमाले नेताहरूको आगमन विषयबाट सुरु भएर फैलिएको थियो।
  • गृह मन्त्रालयले घटनाप्रति ध्यानाकर्षण जनाउँदै कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न, अभिव्यक्ति दिने क्रममा जिम्मेवार हुन र स्थानीय प्रशासनसँग समन्वय गर्न सबै पक्षलाई आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाराको सिमरामा मंगलबार दिनभर तनावग्रस्त बनेको स्थिति सामान्य बन्दै गएको छ । गृह मन्त्रलयले एक विज्ञप्ति जारी गर्दै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको छ । एमाले कार्यकर्ता र जेन-जी नामक समूहबीच झडप भएपछि उत्पन्न तनावका कारण सिमरा विमानस्थल बन्द गरिएको थियो भने स्थानीय प्रशासनले कर्फ्युसमेत लगाएको थियो । गृह मन्त्रालयले कुनै पनि कार्यक्रम शान्तिपूर्ण रूपमा गर्न र स्थानीय प्रशासनसँग समन्वय गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ता र 'जेन-जी' समूहबीच झडप भएपछि सिमराको अवस्था तनावपूर्ण बनेको थियो। एमाले नेताहरूको आगमनको विषयलाई लिएर भएको विवादले झडपको रूप लिएको थियो। स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो।


झडपका क्रममा सिमरा विमानस्थलको गेट तोडफोड भएको थियो भने विमानस्थल पनि बन्द गरिएको थियो। तनाव बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

गृह मन्त्रालयले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न र अभिव्यक्ति राख्दा गम्भीर हुन सबै पक्षलाई आग्रह गरेको छ। मन्त्रालयले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न पनि अनुरोध गरेको छ। सरकार शान्ति व्यवस्था कायम गरी तोकिएको समयमै चुनाव सम्पन्न गराउन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

यो समाचारमा

काठमाडौँगृह मन्त्रलयनेपाल कम्युनिष्ट पार्टी (एमाले)बारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...