सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् ?

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

23
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँको भिडिओ सार्वजनिक भएको भन्दै उनलाई तुरुन्त छोड्न सरकारसँग माग गरे।
  • उनले मानवअधिकार आयोगले बोलेबापत थुनु मानवअधिकार उल्लंघन भएको उल्लेख गरिसकेको र सरकारले कानुनी मर्यादा पालना नगरेको प्रति असन्तुष्टि व्यक्त गरे।
  • ओलीले आफ्नो पार्टीलाई सभा र सम्मेलन गर्न नदिएको, सिमरा एयरपोर्ट बन्द गराइएर पार्टी कार्यक्रम रोकिएको घटनामा आक्रोश व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले दुर्गा प्रसाद प्रसाईले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरेका छन् । 

बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् भनेर प्रश्न गर्दै जवाफ माग गरे । 

उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ ग¥यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईँलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीका जनताले दुनियाँले सोध्छन् नि। के हो त्यो एआई त होइन होला ?भएकै भिडियो त देखाएको हो ला नि । मुख बन्द गराएर गिरफ्तार गरेर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु ।’

त्यस्तै उनले राष्ट्रिय मानव अधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दापनि दुर्गा प्रसाईँलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गरे । 

‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनेर, सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारल ।’ उनले भने

त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस् पोखेका छन् । 

बाराको सिमरा विमानस्थलमा पार्टीका महासचिव शंकर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । 

उनले भने, बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने? सिमरा एयरपोर्ट नै बन्द भयो। गुण्डा भन्दा अलि शब्द नराम्रो होला । ५०÷६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि सरकार भन्छ चुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीसिमरा विमानस्थलकाठमाडौँबारा
दुर्गा प्रसाद प्रसाई7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...