काठमाडौँ
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटा निर्णय सार्वजनिक गरिएको छ ।
बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।
यस्तो छन् ,निर्णयहरु
१.मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुनेमा सहभागी हुन सचिव श्री गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने।
२.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
३.प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने करिव २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने।
४.नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी पेस गर्न प्रकाशजङ्ग थापा, काठमाडौंको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज सुझाव लिमिटेडको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने।
५..विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फवाट विद्य बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
६.२०८२ मङ्सिर ६ गते साउदी अरेबियाको रियादमा आयोजना हुनेमा सहभागी हुन सचिव (उद्योग) श्री कृष्ण बहादुर राउतलाई स्वीकृति प्रदान गर्ने।
७.जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिदान्त स्वीकृत गर्ने ।
८.२०८२ मङ्सिर ८ मा भारतको नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रम र २०८२ मङ्सिर १० मा भारतको नयाँदिल्ली स्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने।
९..नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
१०.नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका ४ जना मलेसियन नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने।
११.जापानका लागि नेपालका पूर्वराजदूत डा. मदन कुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने इचमभच या तथा काठमाडौंस्थित जापानी दूताबासको पूर्वकर्मचारी श्रीमती रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने । विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने।
१२.शसस्त्र प्रहरी (चौैथो संशोधन)नियमावली,२०८२ स्वीकृत गर्ने ।
१३.२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका २४२९ जनालाई जनही रू.१५,०००÷– तत्काल राहत रकम उपलब्ध गराउने।
१४.माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति बस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को बनुसूची १२ मा हेरफेर गर्ने।
१५..सशस्त्र प्रहरी बल, नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
१६.२०२५ डिसेम्बर २ देखि ४ सम्म दोहामा आयोजना हुने विषयक उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव श्री अमृतबहादुर राईलाई स्वीकृति दिने।
१७.दार्चुला जिल्ला साविक धाप गा.वि.स. वडा नं. ४ को सार्वजनिक पर्ति जग्गामध्ये १५–१३–३–२ रोपनी जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने।
१८.ईन्धन प्रणालीमा बातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने।
१९.२०८२ मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सियोलमा आयोजना हुने कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मी कुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२०.नेपाली सेनाका दुई जा महासेनानीहरुलाई सहायक रथी दर्जामा बढुवा गर्ने ।
२१ बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा आयोजना गर्न स्वीकृति दिने।
२२.वन तथा वातावरण मन्त्रलय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (अबकय गर्न पूर्वस्वीकृति प्रदान गर्ने।
२३.हाल भईरहेको छनोट प्रक्रियावाट नेपाल वायुसेवा निगमको महत्प्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य श्री अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी संचालकको रूपमा नियुक्त गर्ने।
२४.मर्चवारी गाउँपालिका रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र बडा न. ३ रायपुरवाट परिवर्तन गरी बंडा नं. ४ खैरा कायम गर्ने।
२५.शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. पना कुमारी चेष्ठ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लाई तोक्ने।