मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

10
Share
Featured
  • जनकपुरधाममा एमालेका समर्थकहरू ‘मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न देउ’ भन्दै संविधान रक्षा गर्ने मागसहित धर्नामा बसे।
  • उनीहरूले सात दलीय गठबन्धनले बाटो अबरुद्ध गरी जनतालाई दुःख दिएको र पूर्वमुख्यमन्त्री सोनलले राजीनामा दिए पनि निवास नछोडेको आरोप लगाए।
  • मुख्यमन्त्री नियुक्तिविरुद्ध सात दलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसको आदेश आजै आउने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का समर्थक तथा कार्यकर्ताहरु जनकपुरधाममा धर्नामा बसेका छन् ।

मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरु मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन् । 

उनीहरुले संविधानको रक्षा गरौ, मुख्यमन्त्री यादवलाई काम गर्न देउ लेखिएको ब्यानर राखेर धर्नामा बसेका छन् । 

मुख्यमन्त्री यादवले संविधानकै नियम टेकेर मुख्यमन्त्री बनेको र उनले काम गर्ने वातावरण पाउनुपर्छ भन्दै आफूहरु धर्नामा बसेको धर्नामा बसेका बलिराम यादवे बताए । उनले अदालतमा मुद्दा दिइसकेपछि सात दलीय गठबन्धका सांसदहरुले बाटो अवरुद्ध गरेर जनतालाई दुःख दिएको आरोप लगाए ।

उनले कर्मचारीलाई कुट्ने, राष्ट्रिय झन्डा फ्याल्ने कार्य गर्ने सात राजनीतिक दलका सांसदहरु राष्ट्रवादी नभएको बताए । उनले पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको सात दिनभन्दा बढी भइसकेपनि मुख्यमन्त्री निवास नछाडेकोमा आपत्ति व्यक्त गरे ।

पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभा बैठकमै राजीनामा दिएपछि पूर्वप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले  नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन । 

सो दिनदेखि जनमत पार्टी, लोसपा, नेपाली काँग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जसपा नेपालले मधेश प्रदेशमा विरोध गर्दै आइहरेका छन् ।

मुख्यमन्त्री नियुक्तिलाई लिएर उनीहरुले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन् । अदालतको आदेश आजै आउने सम्भावना रहेको छ ।

यो समाचारमा

नागरिक उन्मुक्ति पार्टीकाठमाडौँनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मधेश प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...