राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार १४:१४

12
Share
Featured
  • मन्त्री जगदिश खरेलले दिवंगत पत्रकार सुरेश रजककी धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारी दिएर तत्कालिक सहायता गरेको बताए।
  • सुजन रजक पढ्न चाहने हो भने छात्रवृत्ति वा शुल्क छुटजस्ता सहयोग गर्न मन्त्रालय तयार रहेको उल्लेख गरियो।
  • पत्रकारहरूले जोखिममा काम गर्ने अवस्थामा राज्यको संरक्षणको प्रश्न उठाउँदै मन्त्रीले सुरेश रजकप्रति श्रद्धाञ्जली व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् । 

मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए । 

उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो । सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयलाई पनि लागेको थियो । त्यसकारण अहिले तत्कालको लागि सुरेशकी धर्मपत्नी सुजनको सन्दर्भमा एउटा रोजगारीको सुरुवात गर्न पाइयो भने थोरै भएपनि सान्तवना दिन सकिन्छ कि भनेर उहाँलाई सञ्चार मन्त्रालय अन्तरगत निकायहरुमा राखिएको हो । सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको छ ।’

साथै, उनले सुजनले पढ्ने चाहना राख्ने हो भने पनि त्यसको लागि पनि मन्त्रालयले सम्भव भएसम्म छात्रवृत्ति नभए केही छुट भएपनि उपलब्ध गराउने इच्छा रहेको पनि बताए ।

यस्तै, उनले देशका सच्चा सपुतहरुले बेला बेलामा बलिदानी दिनुपर्ने अवस्था दुखद भएको भन्दै सुरेशप्रति श्रद्धाञ्जली पनि प्रकट गरेका छन् । 

पत्रकारहरु आफ्नो जीवनलाई जोखिममा राखेर देश र जनताको लागि काम गरिरहेको अवस्थामा पत्रकारलाई कसले हेर्ने त भन्ने चुनौतीपूर्ण प्रश्न पनि सबैको सामु रहेको पनि उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँजगदीश खरेलसुरेश रजक

ट्यागहरू

#घटना#जोखिम#मृत्यु#मन्त्रालय#प्रदर्शन#देश#कारण र चुनौती#जगदिश खरेल#पत्रकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू