इटहरीमा लागूऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

15
Share
Featured

काठमाडौँ

सुनसरीको ईटहरी उपमहानगरपालिका–१२ बाट ठूलो परिमाणको लागूऔषधसहित एक फार्मेसी सञ्चालक दम्पती पक्राउ परेका छन्।

विशेष सुराकीका आधारमा गरिएको छापामारीपछि जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार इटहरी–१२ का ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा लुकाइराखिएको ट्रामाडोल १९ हजार ८०० क्याप्सुल तथा नियन्त्रित औषध डिकोलिक चार हजार ट्याब्लेट बरामद गरिएको छ । चौधरी ‘नसिव फार्मेसी’ सञ्चालन गर्दै आएका व्यक्ति हुन् । 

लागूऔषध बरामद भएपछि चौधरी र उनकी श्रीमती सम्झना चौधरी दुवैलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो समाचारमा

सुनसरीईटहरी उपमहानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...