सन्तोष परियारको अठोट-'एक्लै भए पनि मान्छेका लागि लड्नेछु'

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

21
Share
Featured
  • केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले फेसबुकमा स्टाटस राख्दै मान्छेको न्यायका लागि लड्ने अठोट व्यक्त गरेका छन्।
  • उनले लेखेका छन्, “‘एक्लै हुन्छु, पागल करार हुन्छु, असफल प्रमाणित हुन्छु, तर मान्छेका लागि लडिरहन्छु,’” जसले उनको अडान र प्रतिबद्धता प्रष्ट पार्छ।
  • रास्वपा छाड्दै परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग ५ बुँदे सहमति गरेका र पार्टी भित्र विचार स्थापित गर्न नसक्दा आफ्नो कमजोरी मानेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले मध्यराति फेसबुकमा स्टाटस लेख्दै आफू मान्छेको न्यायका लागि लडिरहने अठोट व्यक्त गरेका छन्।

यसका निम्ति ‘पागल’को आरोप खेप्न परे पनि पछि नहट्ने प्रतिबद्धता उनले प्रकट गरेका छन्। उनले लेखेका छन्, ‘एक्लै हुन्छु। पागल करार हुन्छु। असफल प्रमाणित हुन्छु। तर, म मान्छेका लागि लडिरहन्छु।’

गत कात्तिक २८ गते रास्वपा त्यागेका परियारले त्यही दिन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग ५ बुँदे सहमति गरेका छन्।

रास्वपाका तत्कालीन सचिवालय सदस्य परियारले राजीनामा पत्रमा लेखेका छन्, ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।’

रास्वपा त्यागेपछि विभिन्न कोणबाट आलोचना भइरहेका बेला आइतबार मध्यराति स्टाटस लेख्दै परियारले आफ्नो अडान प्रस्तुत गरेका हुन्।


यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीसन्तोष परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...