‘जेनजी आन्दोलनमा महानगरको दमकल सेवाको अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको छ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

12
Share
Featured
  • जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरले ७९ पटक दमकल सेवा दिँदै आगलागी नियन्त्रणमा उत्कृष्ट काम गरेको मेयर महर्जनले बताए।
  • दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको र महानगरले नागरिक सुरक्षा तथा सेवा सुधारलाई प्राथमिकता दिएको उल्लेख गरे।
  • महानगरले थप दुई नयाँ दमकल किन्ने निर्णय गरिसकेको जानकारी मेयरले सार्वजनिक गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाद्र २४ गतेको जेनजी आन्दोलनमा भएको आगलागीमा महानगरको दमकल सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा भइरहेको बताएका छन् ।

आइतबार महानगर प्रहरीबलबाट भए गरेको कार्यहरुको ‘महानगरप्रहरी नामक’ श्रव्य–दृश्य सामाग्री प्रदर्शन कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको दौरानमा काठमाडौंको हिल्टन होटल, सर्वोच्च अदालत भवन, संघीय संसद भवन, सिंहरदबारलगायत ठाउँमा ७९ पटक ललितपुरमा महानगरपालिकाले दमकल सेवा प्रदान गरेको बताउँदै उक्त सेवाको चौतर्फी चर्चा भइरहेको बताएका हुन् ।

उनले भने,‘ जेनजी आन्दोलनको दौरानमा ललितपुरमा महानगरको दमकलको सेवा काठमाडौंको हिलटन, सर्वोच्च, प्रतिनिधिसभा, सिंहरदबार लगायत ठाउँमा ७९ पटक दमकल सेवा प्रदान गर्यौं । दमकलमा दुई वटामा फोम छ । त्यसले देखिनेगरी नै आगो निभाउँछ । जेनजी आन्दोलनको आगालागीमा ललितपुरले राम्रो काम गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै यसको निकै चर्चा परिचर्चा भइरहेको छ ।’

त्यस्तै उनले नगरवासीहरुलाई कसरी संरक्षण गर्ने,कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी टेवा पुर्याउने भन्ने विषय नै महानगरको प्रमुख काम भएको बताए ।

जस्तोसुकै विकसित देशको नगरप्रहरीको निमित्त पनि चुनौती देखिने भन्दै उनले चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको धारणा राखे ।

मेयर महर्जनले अझ राम्रो दुईवटा दमकल खरिद् गर्ने महानगरले निर्णय गरिसकेको जानकारी दिए ।

यो समाचारमा

ललितपुर महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...