जेनजी क्रान्तिले पुस्तान्तरणको आवाज उठाएको छ, यो राम्रो पक्ष हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

15
Share
Featured
  • पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले पुस्तान्तरणबीच संवाद आवश्यक हुने नयाँ दृष्टिकोण समाजमा स्थापित गरेको बताए।
  • उनले भदौ २३–२४ का घटनाले शासन, संविधान र राजनीतिक प्रणालीप्रति फैलिएको निराशालाई छिटो समयमै अभिव्यक्ति दिई महत्त्वपूर्ण सन्देश दिएको उल्लेख गरे।
  • छोटो समयमा भएको नोक्सानीलाई ‘शिक्षा’ का रूपमा लिनु पर्ने र संविधानका कमजोरी सुधार्न आवश्यक रहेको धारणा राखे।
  • जेनजी अभियन्ता मिराज ढुंगानाले देशको समस्याको स्पष्ट निकास नखोजी निर्वाचनमा जानु न्याय नहुने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होइन् पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने आयाम थपेको बताएका छन् ।

शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले पुस्तानतरणका बीचमा संवाद गर्नुपर्छ भन्ने एउटा नयाँ दृष्टिकोण बनाएको बताएका हुन् ।

उनले भने,‘यो जेनजी क्रान्तिले एउटा नयाँ आयाम थपेको छ । हामीले संवाद गर्नुपर्छ भन्ने सिकाएको छ । आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होईन् पुस्तान्तरणकाबीचमा संवाद गर्नुपर्छ । यो एउटा नयाँ दृष्टिकोण बनेको छ ।’

त्यस्तै उनले भदौ २३ र २४ गतेको घटनाले समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संविधान कार्यान्वयनको अवस्था र राजनीतिक पद्दतीको कार्यान्वयनको दृष्टिकोण जस्ता व्याप्त निराशालाई छोटो समयमा ट्रिटमेन्ट दिएको बताए । जेनजी आन्दोलनले छोटो समयमा प्रभावकारी रुपमा सन्देश पास गर्नु सकारात्मक पक्ष भएको बताए । छोटो समयमा भएको क्षतिलाई भने शिक्षाको रुपमा लिनुपर्ने उनको भनाई छ ।

उनले भने,‘भदौ २३ र २४ गतेको जुन घटना हो । त्यसले हाम्रो समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संविधान कार्यान्वयन र राजनीतिक पद्दतीको कार्यान्वयनको दृष्टिकोण जस्ता व्याप्त निराशाहरु थिए । ति निराशालाई एकैचोटी व्यक्त भए । नसुनिएका कुराहरु नसुनी नहुने रहेछ भन्ने देखायो । छोटो समयमा प्रभावकारी रुपमा सन्देश पास भयो । त्यो सकारात्मक पक्ष हो । छोटो समयमा भएको क्षतिलाई भने शिक्षाको रुपमा लिनुपर्छ ।’

उनले संविधानमा रहेका कमीकमजोरीहरु सच्याउन आवश्यक रहेको बताए ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै जेनजी अभियन्ता मिराज ढुंगानाले कुनैपनि तरिकाले निकास नखोजी निर्वाचनमा जान नहुने धारणा राखे । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, निकास नखोजी निार्वचनमा जानु त्यसको लागि न्याय नहुने उनको भनाई छ ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...