स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला : १३ बुँदे ‘दोलखा घोषणापत्र–२०८२’ जारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

15
Share
Featured

काठमाडौँ


दोलखाको भीमेश्वर नगरपालिकाको आयोजनामा कात्तिक २७–२८ गते सम्पन्न ‘स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला–२०८२’ ले सातै प्रदेशका नौ स्थानीय तहका प्रतिनिधिहरूको उपस्थितिमा १३ बुँदे ‘दोलखा घोषणापत्र–२०८२’ जारी गरेको छ।

घोषणापत्रले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, समन्वय र सहअस्तित्वलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै स्थानीय सरकारको संस्थागत क्षमता सुदृढीकरणका लागि संयुक्त पहलकदमी अवलम्बन गर्ने उल्लेख गरिएको छ। जेनजी आन्दोलनका उचित मागहरूको समर्थन गर्दै सो क्रममा भएका क्षतिपूर्ति पुनर्निर्माण तथा जिम्मेवारमाथि कानुनी कारबाहीको माग पनि घोषणापत्रमार्फत राखिएको छ।

सहभागी नगरपालिकाहरूले सूचना–प्रविधिमैत्री सेवा प्रवाह, सुशासन, सरसफाइ, विपद् व्यवस्थापन, आर्थिक विकास र नवीन स्थानीय अभ्यासहरूको संस्थागत आदान–प्रदानलाई निरन्तरता दिने प्रतिज्ञा गरेका छन्।

कार्यशालाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले गरेका थिए ।

यो समाचारमा

काठमाडौँदोलखाबागमती प्रदेशइन्द्र बहादुर बानियाँ
भीमेश्वर नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...