काठमाडौं महानगरपालिका र नेपाल टेलिकमबीच सिसीटिभी नेटवर्कका लागि सहकार्य

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

20
Share
Featured
  • काठमाडौं महानगरपालिकाले सिसीटिभी क्यामराका लागि आवश्यक नेटवर्क सुविधा उपलब्ध गराउन नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ, जस अन्तर्गत अप्टिकल फाइबर र FTTH (फाइबर टु द होम) प्रयोग गरिनेछ।
  • महानगरपालिकाले क्यामरा, राउटर र उपकरणको व्यवस्था गर्नेछ भने टेलिकमले नेटवर्कको निगरानी, प्राविधिक सहायता, आकस्मिक मर्मत, उच्च गतिको व्याण्डविथ र सेवाको निरन्तरता सुनिश्चित गर्नेछ।
  • सिसीटिभी क्यामराबाट प्राप्त दृश्य निगरानी कक्षमा पुग्ने व्यवस्था हुनेछ र प्रणाली विस्तार तथा अद्यावधिक गरेर काठमाडौंलाई सुरक्षित, स्वचालित र व्यवस्थित स्मार्ट सहर बनाउने उद्देश्य राखिएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ। कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका लागि टेलिकमसँगको सहकार्य अघि बढाइएको हो।

सिसीटिभी क्यामराका कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्षसम्म पुर्‍याउनका लागि कामपा र नेपाल टेलिकमसँग सम्झौतासमेत भइसकेको छ। यससँगै नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि टेलिकमले सेवा उपलब्ध गराउनेछ।

सिसीटिभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ। टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको ब्याण्डविथ उपलब्ध गराउने छ। त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ।

प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा ल्याउन कामपाले यस कार्य अघि बढाएको काफ्लेको भनाइ छ।

टेलिकमसँग यसअघि अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सिसीटिभीका दृश्यहरू प्राप्त गर्नसक्ने अवस्था रहेको कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए।

सिसीटिभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पुर्‍याउने दायित्व टेलिकमले पूरा गर्नेछ। प्रणालीमा यसअघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सिसीटिभी जोड्न सकिनेछ।

काठमाडौंलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो। यसबमोजिम कामपा वडा कार्यालय र यसभित्रका सार्वजनिकस्थलको दृश्य सिसीटिभी निगरानी कक्ष (सिसीटिभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपीओएन) प्रयोग गरिनेछ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँनेपाल टेलिकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...