प्रधानमन्त्री कार्कीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

25
Share
Featured
  •  प्रधानमन्त्री सुशीला कार्की र १० जना मन्त्रीहरूले आफ्नो आ-आफ्नो सम्पत्ति विवरण बुझाएका छन्।
  • परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन, श्रम, रोजगार, अर्थ, सङ्घीय मामिला, सामान्य प्रशासन, ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार, यातायात, सहरी विकास मन्त्रालयका मन्त्रीहरूले विवरण बुझाएका छन्।
  • गृहमन्त्री, उद्योग, वाणिज्य, कानुन, न्याय, संसदीय मामला, भूमि व्यवस्था, सहकारी, गरिबी निवारण, शिक्षा, विज्ञान, प्रविधि, कृषि, पशुपन्छी, सञ्चार, सूचना प्रविधि, स्वास्थ्य, जनसंख्या, युवा र खेलकुद मन्त्रीहरूको पनि सम्पत्ति विवरण प्राप्त भएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीसहित परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले सम्पत्ति विवरण बुझाएका हुन्।

त्यसैगरी, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पनि सम्पत्ति विवरण बुझाएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यो समाचारमा

बब्लु गुप्ताअनिलकुमार सिन्हाओमप्रकाश अर्यालकुलमान घिसिङ
काठमाडौँ9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...