एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार १५:५३

16
Share
Featured
  • बाजुराको बुढीगंगा नगरपालिकाका सबै स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेका छन्।
  • कार्यपालिकाले करार र ज्यालादारीमा रहेका ४६ जना स्वास्थ्यकर्मी हटाएपछि सेवा प्रवाहमा ठूलो समस्या उत्पन्न भएको छ।
  • स्थानीयहरूलाई स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नुपर्ने र सुत्केरी महिलालाई घरमै उपचार गर्नुपर्ने अवस्था आएको छ।
  • नगर प्रमुखका अनुसार प्रदेश सरकारको निर्देशनअनुसार कर्मचारी हटाइएकाले अधिकांश स्वास्थ्य संस्था प्रभावित भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाजुराको बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्था अहिले एक जना स्वास्थ्यकर्मीको भरमा चल्दै आएका छन् । 

पालिकाका दशवटै वडाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चलाउनुपर्ने बाध्यता छ । 

पहिले सबै स्वास्थ्य संस्थामा एक जना अहेव, दुई जना अनमी र एक कार्यालय सहयोगीले गरी चार जना कर्मचारी रहेकोमा अहिले एक जनाको भरमा स्वास्थ्य संस्था चलेका हुन् ।

कार्यपालिकाको ४९ औँ बैठकले ४६ जना करार अस्थायी तथा ज्यालादारीमा राखेर काम गर्दै आएका झण्डै ४६ जना स्वास्थ्यकर्मी हटाएपछि अहिले ती स्वास्थ्य संस्था एक जनाको भरमा चलाउनु परेको हो । 

एक-एक जनाको भरमा स्वास्थ्य संस्था चलाउन पालिकालाई अहिले हम्बेहम्बे भएको छ । स्थानीयहरुले घण्टौ हिडेर सेवा लिनुपर्ने बाध्यता छ । पहिले स्वास्थ्यकर्मी स्थानियको घरदैलोमै पुग्ने गरकोमा अहिले सेवा दिनै समस्या हुने गरेको छ ।

स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता बिष्टले बताइन् ।

स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा चल्दा सेवा प्रवाहमा समस्या भएको उनले बताइन् । कतिपय सुत्केरी व्यथा लागेकी महिला स्वास्थ संस्थामा आउन नसक्ने हुँदा उनीहरुकै घरमा गएर सेवा दिनु परेको उनको भनाइ छ ।

प्रदेश सरकारले अस्थायी कर्मचारी हटाउने निर्देशन दिएसँगै पालिकाले करारका सबै कर्मचारी हटाउँदा अहिले सेवा प्रवाहमा असहज भएको हो । प्रदेश सरकारको निर्देशन अनुसार नियम रुपमा हामीले कर्मचारी हटाएको हुँदा बढीजसो स्वास्थ्य संस्था प्रभावित बनेको नगर प्रमुख राम बहादुर बानियाँले बताए ।

यो समाचारमा

राम बहादुर बानियाँबुढीगंगा नगरपालिकाकाठमाडौँबाजुरा

ट्यागहरू

#मानव स्वास्थ्य#बाजुरा#स्वास्थ्य#स्वास्थ्यकर्मी#प्रदेश सरकार#स्वास्थ्य संस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू