नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाण पत्र

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

12
Share
Featured
  • रेशम चौधरीको संरक्षकत्वमा कबिर सोप अध्यक्ष रहने नागरिक उन्मुक्ति पार्टी नेपाललाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
  • चौधरीले पुरानो पार्टीमा विवादपछि नयाँ पार्टी गठन गर्दै सिमान्तकृत, आदिवासी, थारु, महिला र पिछडिएका वर्गको समावेशी सहभागिता मुख्य लक्ष्य रहेको बताए।
  • उनले अब सबै नागरिकलाई न्याय दिलाउँदै राज्यसँगको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रेशम चौधरीको संरक्षकत्वमा कबिर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधबार रेशम चौधरी, कबिर सोप लगायतका अन्य सदस्यले आयोगमा गएर पार्टी दर्ताको प्रमाण पत्र बुझेका हुन् ।

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन् । 

त्यस्तै पार्टी दर्ता गर्दै उनले नेपालको हरेक शासन, हरेक निकाए हरेक तप्कामा सामान्य सिमन्तकृत, आदीबासि जनजाति, थारु महिला पिछडिएका वर्गको सबैको सहभागिता हुन पर्छ  भन्ने उदेश्यले नागरिक उन्मुत्ति पार्टी नेपालको जन्म भएको बताएका छन् ।

उनले विगतका दिनमा नागरिक उन्मुक्ति पार्टी गठन गर्दापनि आफुले यीनै कुरालाई उल्लेख गरेको थिए तर कारण बस ती कामहरु पुरा नभएको अब पुरा गर्ने बताएका छन् । उनले वर्तमान परिपक्षमा अब हरेक नागरिकलाई न्याए दिन पर्ने भन्दै नागरिकलाई राज्यसँगको सहभागिता  गराउन आवश्यक रहेको उल्लेख गरे । 

‘धेरै नेपाली नागरिकलाई संविधान छ भन्ने थाहा छ तर संविधानमा आपुनो हक र अधिकार लेखिएको नलेखिएको बारेमा थाहा छैन । हाम्रो देश नेपालको हरेक शासन, हरेक निकाए हरेक तप्कामा सामान्य भन्दा सामान्य सिमन्तकृत, आदीबासि जनजाति, थारु महिला पिछडिएका वर्गको सबैको सहभागिता हुन पर्छ  भन्ने उदेश्यले नागरिक उन्मुत्ति पार्टी नेपालको जन्म भएको छ ।

विगतका दिनमा नागरिक उन्मुक्ति पार्टी गठन गर्दापनि आफुले यीनै कुरालाई उल्लेख गरेको थिए । तर यीकुरा हरु हामीले त्यहाँबाट पुरा गर्न सकेनौँ र वर्तमान परिपक्षमा हामीले अब हरेक नागरिकलाई हामीले न्याए दिन पर्छ, नागरिकलाई राज्यसँगको सहभागिता  गराउन पर्छ,’ उनले भने  । 

यो समाचारमा

काठमाडौँनागरिक उन्मुक्ति पार्टीनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...