यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

18
Share
Featured
  • सरकारले २०८२ भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगका लागि निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ।
  • मन्त्रिपरिषद्ले अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
  • सरकारले ४०० के.भि. प्रसारणलाइन क्षेत्रभित्र संरचना निर्माणमा निषेध, दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना, दुई जना सेनानीलाई महासेनानीमा बढुवा, र मधेस प्रदेशको प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गर्ने निर्णयहरू पनि गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । 

उनको अनुसार नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बढुवा गर्ने निर्णय पनि भएको छ । 

त्यस्तै उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरु 

१.एमसिए–नेपालले निर्माण गर्ने ४०० के.भि. विद्युत प्रसारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, तनहुँ, चितवन,धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोटमकवानपुर जिल्लामा पर्ने विद्युत प्रसारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने।

२. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने।

३.भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०तज एबचतलभचकजष्उ, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने। 

४.राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।

५.जग्गा धनी श्याम प्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको कार्यालय रहेको जग्गाको क्षतिपूर्ति वापत एक करोड रुपियाँ उपलब्ध गराउने।

६.२०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने ।

७.२०८२ कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ल्भउब–िक्ष्लमष्ब ऋययचमष्लबतष्यल ःभभतष्लन को ९औं बैठकमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक श्री राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

८.नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा अतिरिक्त प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई बढुवा गर्ने।

९.भूउपयोग (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने।

१०.साविक रेशम खेती विकास कार्यक्रम धनकुटाको नाममा दर्ता रहेको धनकुटा नगरपालिका वडा नं. ७ स्थित जम्मा २५ रोपनी ५ आना तीन पैसा जग्गा प्रादेशिकरवार, सञ्चार तथा सूचना प्रविधि दिने।

११.२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने।

१२.नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने।

१३.नेपाली सेनाद्वारा सञ्चालन हुने तालिमहरूको सहयोगार्थ नेपाली सेना र इााष्अभ या म्भाभलकभ ऋययउभचबतष्यल ,ग्क् भ्mदबककथ बिच सम्पन्न भएको समझदारीपत्रको अवधि दुईवर्ष थप गर्न स्वीकृति दिने।

१४.२०८२ मङ्सिर ८ देखि १२ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने क्ष्ब्भ्ब् क्अजयय ियल ल्गअभिबच बलम च्बमष्ययिनष्अब िीभबमभचकजष्उ ायच क्बाभतथ बलम ायच ल्गअभिबच क्भअगचष्तथ कार्यक्रममा सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने।

१५.स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्ड, काठमाडौँ, गेटा अस्पताल, धनगढी, कैलाली; सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके, डडेल्धुरा अस्पताल, डडेल्धुरा र कान्ति बाल अस्पताल, काठमाडौंको आ.व. ०८२÷८३ का लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने।

१६.स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौँ तह) डा. टंक प्रसाद बारकोटीले दिनु भएको राजीनामा स्वीकृत गर्ने।

१७.मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मधेस प्रदेशको प्रमुखमा नियुक्ति गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

यो समाचारमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)धनुषाकाठमाडौँनुवाकोट
सुमित्रा सुवेदी भण्डारी11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...