जेनजी आन्दोलनका क्रममा फरार सुन तस्करीका अभियुक्त हर्कराज राई पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

17
Share
Featured
  • ६० किलो सुन प्रकरणका अभियुक्त हर्कराज राई सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएपछि प्रहरीले उनीलाई बुढानीलकण्ठबाट पुनः पक्राउ गरेको छ।
  • राईलाई ब्रेक प्यान्डमा सुन लुकाएर नेपाल भित्र्याउने योजनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएको थियो।
  • उनलाई सोमबार पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारामा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका ६० किलो सुन प्रकरणका अभियुक्त हर्कराज राई पक्राउ परेका छन् । उनलाई ब्रेक प्यान्डमा सुन लुकाएर नेपाल भित्र्याउने योजनामा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएको थियो ।

संगठित अपराध सुन भन्सार चोरी पैठारीअन्तर्गतको कसुरमा सो कारागारमा रहेका भोजपुरको अरुण गाउँपालिका–४ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने राई गत भदौ २४ गते भागेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ५१ वर्षीय राईलाई सोमबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो । प्रहरीले आवश्यक कारबाहीको लागि हिजो नै उनलाई पक्राउ गरी पुनः केन्द्रीय कारागार सुन्धारामा पठाएको छ ।

यो समाचारमा

काठमाडौँबुढानीलकण्ठ  नगरपालिकाअरुण गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...